बुध, माघ २८, २०८२
Wed, February 11, 2026

कर्मचारी सङ्गठन पर्वतको अध्यक्षमा शर्मा, सचिवमा सुवेदी

फाल्गुन २०, २०७८

सरिता पौडेल
फागुन २०, २०७८
पर्वत : नेपाल निजामति कर्मचारी सङ्गठन पर्वतको ११ औ जिल्ला अधिबेसन सम्पन्न भएको छ।
अधिबेसनबाट २१ सदस्यीय जिल्ला कमिटी सहित पाँच सदस्यीय केन्द्रिय प्रतिनिधिहरु चयन भएका छन्। सर्वसम्मत रुपमा भएको अधिबेसनबाट जिल्ला कमिटीको अध्यक्षमा बालकृष्ण शर्मा चयन भएका छन्। यस्तै महिला उपाध्यक्षमा यशोदा सुवेदी, खुला उपाध्यक्षमा पारश्वर शर्मा, सचिवमा दिपक सुवेदी, सहसचिवमा दिनेश शर्मा, कोषाध्यक्षमा यमनाथ पौडेल चयन भएका छन्।
सचिव दिपक सुवेदीका अनुसार महिला सदस्यहरुमा कमलादेवी शर्मा, शुसिला अधिकारी, मेनुका अधिकारी र पूण्य कुमारी शर्मा तथा खुला सदस्यमा रामकृष्ण सुवेदी, सन्तोष थापा, कमल प्रसाद तिवारी, नारायण प्रसाद गौतम, टंक प्रसाद भुसाल, शुसिल प्रसाद शर्मा र अर्जुन प्रसाद तिवारी रहेका छन्।
बल बहादुर जि टी जनजाती सदस्य, मिठुलाल सि के दलित सदस्य र सन्तोष पौडेल कार्यालय सदस्यका रुपमा चयन गरिएको छ।
सोही अधिबेसनबाट खुला केन्द्रीय प्रतिनिधिमा देवी प्रसाद पौडेल र लोक प्रसाद लामिछाने, महिला केन्द्रिीय सदस्यमा अम्बिका उपाध्याय, सिबिए प्रतिनिधिमा गौरवदास बैरागी तथा सहकारीको प्रतिनिधिमा धन बहादुर कुँवर रहेका छन्।
अधिबेसनको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य पदम गिरीले निजामति कर्मचारीहरु सदैव पेशाप्रति बफादार हुनुपर्ने बताउँदै नागरिकलाई सहज बनाउने क्षमता पनि कर्मचारीमा रहने बताए। संघीय निजामति ऐन जारी नहुँदा कर्मचारीहरुको व्यवस्थापनमा केही कठिनाईहरु आएको भए पनि अहिले ऐन निर्माणकै क्रममा रहेकाले जारी भए पछि समस्या समाधान हुने विश्वास व्यक्त गरे।
अधिबेसनमा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अधिबेसन आयोजक कमिटीका सहसंयोजक लेखनाथ कोइरालाको पनि सहभागीता रहेको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive