बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

देशभरका न्यायिक समितिहरूको राष्ट्रिय सम्मेलन पोखरामा हुने

चैत्र ८, २०७८

चैत ८, २०७८
पर्वत : गण्डकी प्रदेशको राजधानी पोखरामा स्थानीय तहमा गठन गरिएका न्यायिक समितिहरूको राष्ट्रिय सम्मेलन गरिने भएको छ ।
कास्कीको पोखरा महानगरपालिकाको आयोजनामा देशभरका स्थानीय तहका उपप्रमुखहरू यही चैत १४ गते पोखरा सभागृहमा आयोजना गरिएको सम्मेलनमा भेला हुने भएका हुन् । स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रूपमा न्याय सम्पादनमा भइरहेका असल अभ्यास र चुनौतीहरूबारे अनुभव आदान प्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको आयोजक पोखरा महानगरपालिकाले बताएको छ ।
संविधानमा व्यवस्था भएको न्यायिक समितिको जिम्मेवारी सम्हालेका ७७ ओटै जिल्लाका सात सय ५३ ओटा स्थानीय तहमा भइरहेको न्याय सम्पादन, यसका असल अभ्यास र चुनौतीहरूको बारेमा छलफल गरेर यसलाई झनै प्रभावकारी बनाउने उपायको बारेमा पनि कुराकानी गर्ने भेलाको आयोजना गरिएको ‘न्यायिक समितिको राष्ट्रिय सम्मेलन–२०७८’ को आयोजक पोखरा महानगरपालिकाका न्यायिक समिति संयोजक तथा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।
सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको छ । सम्मेलनमा पोखराको न्यायिक समितिले न्याय निरूपण गरेको प्रयासहरू बारे निर्माण गरिएको वृत्तचित्र समेत प्रदर्शन गरिने छ ।
सम्मेलनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न उपप्रमुख गुरुङको संयोजकत्वमा मूल समिति र विभिन्न आठ ओटा उपसमितिहरू गठन गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सम्मेलनका सदस्यसचिव बलराम रिज्यालले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका प्रमुख मानबदुर जिसीले सम्मेलन सकारात्मक भएको बताउँदै यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । देशभरका पालिकाका नेतृत्वकर्ताहरू पोखरा आउँदा पोखराको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने भएकाले यो सम्मेलन सकारात्मक रहेको उनको भनाई छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive