बुध, माघ २८, २०८२
Wed, February 11, 2026

पर्वत प्रशासनद्वारा २५ गतेभित्र हतियार बुझाउन नागरिकलाई निर्देशन

चैत्र ८, २०७८

पर्वत/ आउँदो स्थानीय तहलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय पर्वतले यही चैत २५ गते भित्रमा नागरिकसँग भएका हतियारहरू प्रशासनलाई बुझाउन निर्देशन दिएको छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था सहित भयरहित वातावरण सृजना गर्नुपर्ने भएकाले इजाजत लिएर नागरिकले राखेका हतियारहरू नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।

सूचनामा नागरिकले बुझाएका हतियारहरूलाई प्रहरीले सुरक्षा दिएर राख्ने र निर्वाचन सकिएपछि फिर्ता गरिदिने भएकाले आम नागरिकले निर्वाचनको वातावरणलाई ध्यानमा राखेर तोकिएको मितिभित्रमा हतियार बुझाउन भनिएको छ। चैत २५ गतेसम्ममा हतियार नबुझाएकाहरूलाई खोजतलास गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने पनि प्रशासनको आदेशमा उल्लेख छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive