बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पिएनजीविरुद्ध नेपाल ७ विकेटले विजयी

चैत्र ८, २०७८

काठमाडौं : आरिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेपछि नेपालले पपुवा न्यूगिनी (पिएनजी)विरुद्ध ७ विकेटको सानदार जित हात पारेको छ।

आइसिसी विश्व क्रिकेट लिग टू अन्तर्गत पिएनजीले दिएको १ सय ७४ रनको लक्ष्य ३७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका कुशल भुर्तेलले ५० रन बनाए। आरिफ शेख ५९ र रोहित पौडेल ४४ रनमा अविजित रहँदा आसिफ शेखले २ र दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ य ७३ रन बनाएको थियो।

पिएनजीका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रनको योगदान दिए। त्यस्तै लेगा सिएकाले २० रन बनाउँदा चर्लेस अमिनीले १३ रन जोडे। थप स्कोरका रुपमा सेसु बाउ १९ रनमा पेभिलियन फर्किँदा नोरमन भनुवाले १८ रन बनाए।

उसका लागि चाद सोपर २२ तथा कबुआ मोरेआले १७ रनको अविजित इनिङ खेले। यि दुईले नवौं विकेटका लागि ३६ रनको अविजित साझेदारी गरेका थिए।

नेपालका लागि आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, करण केसी र पवन सराफले १-१ विकेट लिँदा सन्दीप लामिछाने र र सोमपाल कामीले समान २-२ विकेट हात पारे। पवनको यो एकदिवसीय क्रिकेटमा पहिलो विकेट हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive