रामशरण पोख्रेल
चैत ११, २०७८
पर्वत : नेपाली काँग्रेसको ‘घर–घर जाऔं काँग्रेस जिताऔं’ अभियान कुश्मा नगरपालिका–६ मा सुरु गरिएको छ ।
अभियानको सुरुवात गर्दै नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापती एवम महाधिवेशन प्रतिनिधि नवराज गुरुङले ‘घर घर जाऔं काङ्ग्रेस जिताऔं’ अभियान प्रसंसनिय कार्यक्रम भएकाले यही कार्यक्रमले नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन सहयोग पुग्ने बताए । गुरुङले राजाको फोटो लाइब्रेरीमा थन्किए जस्तै स्थानिय तहको निर्वाचन पश्चात् अन्य पार्टीलाई पनि थन्क्याउनुपर्ने अवस्था आउन दाबी गरे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपालको पहिलो पार्टी नेपाली काँग्रेस हुनेमा दुई मत नभएको तर त्यसका लागि घर–घरमा गएर जनताको दुःख सुखमा संगै रहनुपर्ने बताएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य तथा महाधिबेसन प्रतिनिधि सीता काफ्ले लामिछाने, नेपाली काँग्रेस पर्बतका उपसभापती डा. चुडामणी शर्मा, महाधिवेशन प्रतिनिधि कुलप्रसाद उपाध्याय, क्षेत्रीय सदस्य तुप्ला शाक्य, कुश्मा नगर सभापती किशोर भण्डारी, नेपाली काँग्रेस कुश्मा नगर सचिव आरसी पौडेल (रामचन्द्र) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाली काँग्रेस कुश्मा नगरपालिका–६ का पार्टी सभापती मानसिङ भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नेपाल महिला संघकी टोल समिती अध्यक्ष अनिता चापागाईं र सञ्चालन सोही वडाका पार्टी सचीव रामु शर्माले गरेका थिए ।
कुश्मा नगरपालिका वार्ड नम्बर ६ मा सुरु भयो घर घर जाऔं काङ्ग्रेस जिताऔं अभियान
चैत्र ११, २०७८




