बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

नेपाल समाजवादी पार्टी पर्वतको अध्यक्षमा अधिकारी

भदौ ४, २०७९

पर्वत : डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी अन्तर्गत पर्वतको अध्यक्षमा महोदत्त शर्मा अधिकारी चुनिएका छन् ।
उक्त पार्टीबाट गण्डकी प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य, पार्टीका गण्डकी प्रदेशका अध्यक्ष हेम बहादुर थापा, केन्द्रिय सदस्य चित्र सापकोटा, ढाकाराम गौतम र देवी कुमारी क्षेत्री तथा प्रदेश सचिव सुनिल पौडेलको उपस्थितिमा पर्वत सदरमुकाम कुश्मा बजारमा शनिवार भएको भेलबाट अधिकारी अध्यक्षमा चुनिएका हुन्।
५१ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा रोशनी कुँवर, सचिवमा कमल लामिछाने र कोषाध्यक्षमा इन्दिरा अधिकारी रहेका छन्।
आउँदो मंसिर ४ गतेका लागि निर्धारण गरिएको प्रदेश र प्रतिनिधि सभाको समय नजिकिँदै जाँदा जिल्लामा राजनीतिक गतिबिधिहरु पनि बिस्तारै बढ्न थालेका छन्। यस अगाडि उपेन्द्र यादवसँग जनता समाजवादी पार्टीमा सँगै रहेका डा. भट्टराईले हालै मात्रै जनता समाजवादीलाई फुटाएर नेपाल समाजवादी बनाएका छन्।
आफूहरु सानो जिल्लाका लागि सानो दलको रुपमा रहेको भए पनि विस्तारै संगठनलाई बलियो बनाउँदै लैजाने र आगामी निर्वाचनमा केन्द्रबाट प्राप्त आदेश अनुसार चुनावमा जाने तयारी भइरहेको नवनिर्वाचित अध्यक्ष अधिकारीको भनाई छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive