बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

जेनजी सहिदको स्मरणमा पर्वत जेसीजको आयोजनामा दीप प्रज्वलन

अशोज २, २०८२

पर्वत : देशभर जेनजी आन्दोलनको प्रभाव बढिरहेका बेला त्यसका क्रममा निधन भएका ७३ जना नेपाली नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्न पर्वत जिल्लामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
पर्वत जेसीजको आयोजनामा कुश्मा बजारको लोकतान्त्रिक चोकमा गरिएको उक्त कार्यक्रम भावपूर्ण वातावरणमा सम्पन्न भएको हो । दीप प्रज्वलन कार्यक्रममार्फत दिवङ्गत आत्माहरुको चिरशान्तिको कामना गरिनुका साथै आन्दोलनमा घाइते भई हाल विभिन्न अस्पतालमा उपचाररत व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलका अनुसार आन्दोलनको क्रममा निधन भएका युवा, सर्वसाधारण तथा सुरक्षाकर्मीप्रति समान भावनाका साथ श्रद्धाञ्जलि व्यक्त गर्न कार्यक्रमको आयोजना गरिएको हो । उहाँले भन्नुभयो — ‘राजनीतिक परिवर्तनका लागि आवाज उठाउनु नागरिकको अधिकार हो, तर त्यस क्रममा ज्यान गुमाउनु परेको घटनाले हामी सबैलाई मर्माहत बनाएको छ ।’
उक्त कार्यक्रममा पर्वत जेसीजका पदाधिकारी, पूर्व पदाधिकारी, सदस्यहरुका साथै स्थानीय समाजसेवी, युवाहरू र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । दीप प्रज्वलनसँगै उपस्थितहरूले मौनधारण गरी मृतकप्रति सम्मान व्यक्त गरेका थिए । सांकेतिक प्रदर्शनका रूपमा दीप प्रज्वलन भए पनि यसले आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति देशभरबाट देखिएको सहानुभूति र एकताको भाव प्रकट गरेको सहभागीहरूको धारणा छ ।
कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले यस्तो प्रकारको श्रद्धाञ्जलिपूर्ण कार्यक्रमले समाजमा शान्तिपूर्ण अभिव्यक्तिको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय जेनजी आन्दोलनले देशैभर तरंग ल्याइरहेको छ । भ्रष्टाचारको अन्त्य, राजनीतिमा युवा पुस्ताको प्रवेश, नागरिक स्वतन्त्रता, रोजगार, शिक्षा र सामाजिक न्यायका सवालमा उठाइएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive