बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

पर्वतमा राष्ट्रिय स्तरको ब्याडमिन्टन आयोजना, ७७ जिल्ला र विभागीय टिमलाई निम्तो

चैत्र ८, २०८२

पर्वत : पर्वतमा आयोजना हुन लागेको ब्याडमिन्टन खेलमा सहभागिता जनाउनको लागि देशका हरेक जिल्लाका टिम तथा विभागीय टोलीहरूलाई पनि निमन्त्रणा दिइएको छ।
पर्वत मोदीकाली ब्याडमिन्टन सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुनको लागि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी क्लब, देशका ७७ ओटै जिल्लामा रहेका ब्याडमिन्टन सङ्घ तथा ७७ ओटै जिल्लामा रहेका ब्याडमिन्टन कभर्ड हलका सञ्चालक तथा खेलाडीहरूलाई सहभागिताका लागि आह्वान गरिएको जिल्ल खेलकुद विकास समिति पर्वतका अध्यक्ष जङ्गबहादुर पुन (बुद्ध) ले बताए।
यही चैतको १२, १३ र १४ गते सञ्चालन हुने राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा नेपालको शीर्ष २० बरीयतामा रहेका खेलाडीहरू बाहेकका खेलाडीहरूलाई सहभागी हुन भनिएको छ। अन्य चार ओटा विधाहरूमा ४५ वर्ष माथिको राष्ट्रिय खुला भेट्रान्स पुरुष डबल, खुला राष्ट्रिय मिक्स डबल, गण्डकी प्रदेश स्तरीय ‘बी’ लेभल डबल र धौलागिरि स्तरीय ‘सी’ लेभल पुरुष डबल रहेका छन्।
कुश्माको बडागाउँमा रहेको पर्वत मोदीकाली ब्याडमिन्टन सङ्घको कभर्डहलमा हुने खेलमा सहभागी हुनका लागि चैत ११ गते भित्रमा समूह दर्ता गर्नुपर्ने छ।
प्रतियोगिताको खुला डबल पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्। प्रथम हुने जोडीले कुश्मामै रहेको हार्नेश जीपलाईन एन्ड एडभेन्चर रिसोर्टले सञ्चालन गरिरहेको हार्नेश जीपलाईनमा क्लासिक जीपलाइनको अवसर पाउने छ। गण्डकी प्रदेश स्तरीय ‘बी’ लेभलको पहिलो, दोस्रो र तेस्रो पुरस्कारका रूपमा क्रमशः ४० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित शिल्ड र ट्रफी राखिएको छ।
धौलागिरि स्तरीय ‘सी’ लेभल डबल पुरुषमा क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ सहित शिल्ड र ट्रफी, ४५ वर्ष माथिको भेट्रान्समा क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ सहित शिल्ड र ट्रफी तथा खुला राष्ट्रिय मिक्स डबलमा क्रमशः २० हजार, १२ हजार र ८ हजार रुपैयाँ सहित शिल्ड र ट्रफी पुरस्कारका रूपमा राखिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुनले बताए।
खेलाडीको सुविधाका लागि बिहानको खाना कभर्डहल क्षेत्रमै व्यवस्था हुनेछ। प्रतियोगिताबाट बचत भएको रकम जिल्ला खेलकुद विकास समिति पर्वतको भवन निर्माणमा सहयोगका लागि प्रयोग गरिने आर्थिक व्यवस्थापन उपसमितिका संयोजक रामप्रसाद पुनले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive