शुक्र, बैशाख २५, २०८३
Fri, May 8, 2026

समाजसेवी रिजालद्धारा शैक्षिक सामग्री र कपाल काट्ने मसिन सहयोग

बैशाख २५, २०८३
पर्वत : आर्थिक तथा भौतिक सहयोगमार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएका जिल्लाको कुश्मा नगरपालिका–१ पाङका रामचन्द्र रिजालले विद्यार्थीहरूको लागि शैक्षिक सामग्री र कपाल काट्ने मसिन सहयोग गरेका छन् ।
पाङको टार घर भई हाल पोर्चुगलमा बस्दै आएका समाजसेवी रिजालले आफ्नी छोरी पूजा रिजालको विवाहको अवसरमा जलजला गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा कपाल काट्ने मसिन सहयोग गरेका हुन् ।
विवाहमा दाइजो दिने–लिने कार्य समाजको लागि बाधक रहेकोले सबैमा चेतनाको वृद्धि गरी विवाहमा गरिने खर्च कटौती गरी परोपकारी कार्यमा लाग्नको प्रेरित गर्ने उद्देश्यले १५ जना विपन्न विद्यार्थीहरूलाई एक वर्षलाई पुग्ने शैक्षिक सामग्री र कपाल काट्ने मेसिन प्रदान गरेका हुन् ।
बालबालिकाहरूलाई सीप सिकाउने तथा कपाल काट्नकै लागि टाढा जानू नपरोस् भनेर कपाल÷रौँ काट्ने मेसिन तथा विद्यार्थीको शैक्षिक उन्नयनमा सहयोग पुग्ने उद्देश्यले शैक्षिक सामग्री वितरण तथा प्रत्येक विद्यार्थीलाई ३ हजारका दरले नगद समेत प्रदान गरेका छन् । उनले पाँच वटा विद्यालयका विद्यार्थीहरूका लागि ५ थान कपाल काट्ने मेसिन समेत उपलब्ध गराएका छन् ।
जलजला गाउँपालिकामा अवस्थित शान्ति आधारभूत विद्यालयमा भएको कार्यक्रमको सहजीकरण शिक्षक शिव सुवेदीले गरेका थिए । रिजालकै सहयोगमा कुश्मा नगरपालिका–१ पाङ, खुर्काेट लगायतका विद्यालयमा यस अघि नै कपाल काट्ने मेसिन वितरण गरिसकिएको छ ।
हजुरबुबा ज्योतिष शिरोमणि स्वः रमकान्त रिजालको निस्वार्थ भावनाबाट आफू प्रभावित भएर नवीन कार्यमा जोडिन उत्सुक भएको रामचन्द्र रिजाल बताउँछन् । विभिन्न विद्यालय तथा धेरै बालबालिकाहरूलाई सहयोग गरेको खबर सामाजिक सञ्जालमामा हेर्दै आएकोमा समाजसेवी रिजाल जलजलासँग जोडिएकोमा खुसी लागेको विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् । यसभन्दा अगाडि पनि पाङका विद्यालयमा जन्मदिन, विवाह व्रतबन्ध, सप्ताह आदिमा गरिने फजुल खर्च कटाएर सहयोग गरेका थिए । अनुकरणीय कामबाट विद्यार्थी भाइबहिनीहरूमा सीप आर्जन हुनुका साथै शैक्षिक उन्नयन हुने विश्वास लिइएको छ ।
यसै अवसरमा पाङ÷ खुर्काेटमा अध्ययनरत विपन्न बालबालिकाको तथ्यांक सङ्कलन गर्न लागिएको र छिट्टै नै यस्ता बालबालिकाको पहिचान गरी यसरी सहयोग गर्ने रिजालले बताएका छन् । छोरी पूजाले आफू विदेशमा रहेको तथा आफ्नो विवाहको दिनमै यस्तो पवित्र कार्यमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै समाजमा रहेको दाइजो प्रथा हटाउन सबैलाई आग्रह गरिन ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive