पर्वत : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति पर्वतको आयोजनामा विद्यालय स्तरीय खुल्ला एकल लोकगीत प्रतियोगिता आयोजना हुने भएको छ ।
राष्ट्रिय संगीत दिवसको अवसर पारेर आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आगामी असार ७ गते आइतबार बिहान ११ बजेदेखि गुरुकुल एकेडेमी कुश्मामा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत विद्यालय तहका विद्यार्थीहरूमा रहेको लोकगीत गायन प्रतिभाको खोजी, संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा जिल्लाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । जसअनुसार प्रथम हुनेलाई ४ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार तथा सान्त्वना पुरस्कारस्वरूप १ हजार रुपैयाँ प्रमाणपत्र प्रदान गरिनेछ । लोकसंस्कृति तथा मौलिक गीत–संगीतको संरक्षणमा योगदान पु¥याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा संगीतप्रेमीलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ ।
संगीत दिवसको अवसरमा पर्वतमा लोकगीत प्रतियोगिता हुने
असार ४, २०८३




