आइत, असार ७, २०८३
Sun, June 21, 2026

रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा

असार ७, २०८३

पर्वत : नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा पार्टीका सभापति रबी लामिछाने तथा सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना व्यक्त गरेका छन् ।
सभापति थापाले शुभकामना सन्देश जारी गर्दै पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गरेका छन् । उनले रबी लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका छन् ।
शुभकामना सन्देशमा उनले प्रथम राष्ट्रिय महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिगत रूपमा अझ परिपक्व, जिम्मेवार तथा दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गरेका छन् ।
सभापति थापाले महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्न, संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न तथा पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी बनाउन ऊर्जा र गति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले रबी लामिछानेको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको कामना समेत गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive