आइत, साउन १७, २०८३
Sun, August 2, 2026

डिएलए पर्वतको चौथो अधिवेशन तथा एघारौँ साधारण सभा सम्पन्न

साउन १७, २०८३

पर्वत : लोकतान्त्रिक कानुन व्यवसायीहरूको छाता संस्था डेमोक्रेटीक लयर्स एसोसिएसन (डि.एल.ए) पर्वतको चौथो अधिवेशन तथा एघारौँ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम अमर टीका फाउन्डेसन नेपाल, कुश्माको सभाहलमा शनिवार सम्पन्न भएको हो ।
डि.एल.ए.को चौथो अधिवेशनले अधिवक्ता हरि नारायण रेग्मीको अध्यक्षतामा सर्वसम्मतिमा ७ सदस्यीय जिल्ला शाखा गठन गरेको छ । शाखाको उपाध्यक्षमा अधिवक्ता डिल्लीराम शर्मा, सचिवमा अधिवक्ता देवराज शर्मा अर्याल, कोषाध्यक्षमा अधिवक्ता टङ्क प्रसाद रेग्मी चयन भएका छन् । यसैगरीे कार्य समिति सदस्यमा अधिवक्ता मोहन बास्तोला, अधिवक्ता शिव प्रसाद सुवेदी र अधिवक्ता गणपति बस्याल चयन भएका छन् ।
आफ्नो नेतृत्वको जिल्ला शाखालाई विघटन गरी निवर्तमान अध्यक्ष अधिवक्ता विश्व प्रकाश प्रसाईँले अधिवक्ता रेग्मी नेतृत्वको जिल्ला शाखा प्रस्ताव गरेका थिए । प्रसाईँको प्रस्तावलाई अधिवेशनले सर्वसम्मत रूपमा समर्थन गरेको थियो । अधिवेशनले आउँदो भदौ १९ र २० गते बुटवलमा हुन गई रहेको अधिवेशनको लागि अधिवक्ता विश्व प्रकाश प्रसाईँ र अधिवक्ता डम्मरु शर्मालाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ भने संस्थापक अध्यक्ष अधिवक्ता डम्मरु शर्माको संयोजकत्वमा अधिवक्ता विश्व प्रकाश प्रसाईँ र अधिवक्ता नवराज गुरुङ रहेको तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
अधिवेशन तथा साधारण सभामा आफ्नो धारणा राख्दै कार्यक्रमका अध्यक्ष अधिवक्ता विश्व प्रकाश प्रसाईँले जिल्लामा डि.एल.ए.को संस्थागत गतिविधिहरू सीमित भए पनि प्रतिष्ठा र पहिचानको दृष्टिले उत्कृष्ट रहेको बताए । जिम्मेवारी हस्तान्तरणसँगै नयाँ नेतृत्वले थप क्रियाशीलता पूर्वक संस्था अगाडी बढाउने विश्वास उनले व्यक्त गरेका छन् । आफू जहाँ रहे पनि शाखाको हरेक गतिविधिमा अभिभावकीय सहयोग जारी राख्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रमुख अतिथि डि.एल.ए नेपालका केन्द्रीय उपाध्यक्ष वरिष्ठ अधिवक्ता भूमिराज गौतमले देशमा न्याय क्षेत्र सङ्कटमा रहेको भन्दै विशेष परिस्थितिसँगै डि.एल.ए.को भूमिका र जिम्मेवारी बढेको बताए । उनले डि.एल.ए नेपाली काँग्रेसको शुभेच्छुक संस्था मात्र नभएर स्थायी कानुनी सल्लाहकारका रहेको उनको भनाइ छ । तर पार्टीले डि.एल.ए.लाई त्यो स्थानमा राख्न नसकेकोमा दुःख व्यक्त गरे । यस्तै उच्च अदालत बागलुङका वार सचिव अधिवक्ता उमाशङ्कर सापकोटा, डि.एल.ए बागलुङका जिल्ला अध्यक्ष अधिवक्ता हरिप्रसाद गौतम, नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीले राज्यमा कानुनी शासन स्थापनाको लागि डि.एल.ए.को भूमिकाबारे चर्चा गरे ।
चौथो अधिवेशन तथा एघारौँ वार्षिक साधारण सभा शाखाका अध्यक्ष अधिवक्ता विश्व प्रकाश प्रसाईँको अध्यक्षता, उपाध्यक्ष अधिवक्ता डिल्ली प्रसाद शर्माको स्वागत एवं सचिव हरिनारायण रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive