आइत, साउन ३१, २०८३
Sun, August 16, 2026

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

साउन ३१, २०८३

पोखरा : नेपाल प्रहरी श्रीमती संघको ४२ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा महिला प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई लक्षित गरी स्तन क्यान्सर तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा महिलामा हुने स्तन तथा पाठेघरको क्यान्सर लगायतका स्त्री रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जी.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष श्रीमती संगिता थापा क्षेत्री,महिला क्यान्सर रोग विशेषज्ञ डा.बानिरा कार्की,श्री सैनिक अस्पताल पोखराकी महासेनानी डा.रोजी मल्ल,गण्डकी प्रदेश प्रहरी अस्पताल,पोखराकी प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक संज्ञा मल्ल,नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी,गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद कोइराला,गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापा,कार्यसमितिका पदाधिकारीज्यूहरु, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
महिलाहरूमा बढ्दो रूपमा देखिने स्तन तथा पाठेघरको क्यान्सर लगायतका रोगको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महिला प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवार गरी जम्मा १९५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive