बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

तीजको अवसरमा गीत र नृत्य प्रतियोगिता गर्दै बिहादी गाउँपालिका

भदौ १०, २०८३

पर्वत : जिल्लाको विहादी गाउँपालिकाले हरितालिका तीजको अवसरमा गाउँपालिका स्तरीय तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन इच्छुक महिला समूह, महिला स्वास्थ्यकर्मी, महिला शिक्षक तथा विद्यालयका विद्यार्थी समूहलाई आह्वान गरेको हो । प्रतियोगिता भदौ २१ गते गाउँ कार्यपालिकाको कार्यालय परिसरमा सञ्चालन हुने छ । प्रतियोगितामार्फत तीजको मौलिक संस्कृति संरक्षणसँगै गाउँपालिकाको विकास र समृद्धि, महिला एकता तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।
खुला तीज गीत प्रतियोगितामा ‘विहादीको विकास र समृद्धि, महिला एकता र संस्कृति’ शीर्षकमा आधारित रहेर नेपाली मौलिक तीजको भाकामा प्रस्तुति दिनुपर्नेछ । जसमा गाउँपालिकाभित्रका महिला समूह, महिला स्वास्थ्यकर्मी तथा महिला शिक्षकका समूहले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा एक समूहमा वाद्य वाधकसहित बढीमा सात जना सहभागी हुन पाउनेछन् भने प्रस्तुति बढीमा १० मिनेटको हुनुपर्ने तथा समूह दर्ताका लागि सहभागीहरूको नेपाली नागरिकताको प्रतिलिपिसमेत पेस गर्नुपर्ने गाउँपालिकाले बताएको छ ।
यस प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार पाँच सय ५५, द्वितीयले १५ हजार पाँच सय ५५, तृतीयले १० हजार पाँच सय ५५ तथा सान्त्वना हुने समूहले पाँच हजार पाँच सय ५५ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसै गरी कक्षा ६ देखि १२ सम्मका विद्यालय स्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिने भएको छ । प्रतियोगितामा नेपाली मौलिक भेषभूषाको नृत्यलाई प्राथमिकता दिइनेछ । नृत्यमा तीज गीत मात्र प्रयोग गर्नुपर्ने, प्रस्तुति बढीमा पाँच मिनेटको हुनुपर्ने तथा एक समूहमा न्यूनतम दुई र बढीमा पाँच जना विद्यार्थी सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । विद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार ५ पाँच सय ५५, द्वितीयलाई ११ हजार पाँच सय ५५, तृतीयलाई आठ हजार पाँच सय ५५ तथा सान्त्वना हुने समूहलाई पाँच हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ ।
समूह दर्ताको अन्तिम मिति भदौ १८ गतेसम्म तोकिएको छ । खुला प्रतियोगिताका समूहले सम्बन्धित समूहको निवेदन तथा सम्बन्धित विद्यालयको सिफारिससहित गाउँ कार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमार्फत दर्ता गर्न सक्नेछन् । विद्यालय स्तरीय प्रतियोगिताका लागि विद्यालयको सिफारिस पत्र अनिवार्य गरिएको छ । गाउँपालिकाले प्रतियोगितामा स्थानीय मौलिक संस्कृति, तीजको मर्म तथा महिला एकताको भावनालाई प्राथमिकता दिँदै सहभागिताका लागि सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive