शनि, अशोज ३, २०८३
Sat, September 19, 2026

सिवाईसी साकोसको इलाकास्तरीय बैठक सम्पन्न

अशोज २, २०८३

पर्वत : सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको इलाकास्तरीय बैठक सदस्य सेवा, ऋण लगानी तथा असुली, संस्थागत समन्वय, सदस्य सक्रियता तथा आगामी कार्ययोजनामा केन्द्रित हुँदै सम्पन्न भएको छ ।
बैठकमा गुप्तेश्वर सदस्य सेवा केन्द्र, पञ्चकोशी सदस्य सेवा केन्द्र र बगैचा सदस्य सेवा केन्द्र र वलेवा सदस्य सेवा केन्द्रका सञ्चालन तथा व्यवस्थापन उपसमितिका पदाधिकारी, सेवाकेन्द्र प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सेवा केन्द्रका प्रमुखहरूले आ–आफ्ना सेवा केन्द्रको मासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा सदस्य वृद्धि, बचत सङ्कलन, ऋण लगानी तथा असुली, मोबाइल बैंकिङ, कारोबारको अवस्था, सेवाकेन्द्रका गतिविधि तथा आगामी कार्ययोजनालगायतका विषय समेटिएका थिए । प्रस्तुत प्रतिवेदनमाथि विस्तृत छलफल गर्दै देखिएका समस्या, चुनौती तथा समाधानका उपायका विषयमा आवश्यक सुझाव तथा सल्लाह आदान–प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी एवं संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले संस्थाको लक्ष्य प्राप्तिका लागि सेवा केन्द्र, सञ्चालन तथा व्यवस्थापन उपसमिति र कर्मचारीबीच प्रभावकारी समन्वय, सहकार्य तथा जिम्मेवारीबोध आवश्यक रहेको बताए । उनले संस्थाको समग्र अवस्था, हालसम्मको प्रगति तथा आगामी कार्यदिशाका सम्बन्धमा समेत संक्षिप्त प्रस्तुति पनि राखेका थिए ।
बैठकमा १७औँ इकाइगत वार्षिक साधारण सभामा सदस्यहरूको सहभागिता वृद्धि गर्ने, सदस्यसँग प्रत्यक्ष संवाद तथा समन्वयलाई प्रभावकारी बनाउने, गाउँटोल समन्वय उपसमिति गठन तथा पुनर्गठन गर्ने, सदस्य सक्रियता अभिवृद्धिका लागि प्रभावकारी रणनीति बनाउने तथा सहकारी, वित्तीय एवं प्रविधि साक्षरता कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयमा निर्णय भएका छन् । साथै, आगामी असोज २३ गते विस्तारित मञ्च कार्यक्रम गुप्तेश्वर सदस्य सेवा केन्द्रमा सञ्चालन गर्ने र उक्त कार्यक्रममार्फत सदस्य तथा समुदायसँग प्रत्यक्ष संवाद र संस्थागत गतिविधिबारे जानकारी आदान–प्रदानलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ । आगामी इलाकास्तरीय बैठक पञ्चकोशी सदस्य सेवा केन्द्रमा आयोजना गर्ने निर्णयसमेत गरिएको छ ।
बैठकले सेवाकेन्द्रको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्ने, ऋण असुलीलाई प्राथमिकताका साथ अघि बढाउने, सदस्यको सक्रिय सहभागिता बढाउने तथा सेवाकेन्द्र, उपसमिति र कर्मचारीबीचको समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा गुप्तेश्वर सदस्य सेवा केन्द्र कुश्मामा संस्थाका सचिव एवं पर्वत इलाका समितिका संयोजक ज्ञानेन्द्र राज पन्तले बैठकबाट प्राप्त सुझाव, छलफल र निर्णयहरूलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सेवा केन्द्रका सचिव रामचन्द्र लामिछानेको संञ्चालनमा भएको बैठकमा सिवाईसी साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज शर्मा, प्रबन्धक नवराज काफ्ले लगायतको पनि सहभागिता रहेको थियो । सो अवसरमा गुप्तेश्वर सदस्य सेवाकेन्द्र कुश्माका संयोजक किशोर भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive