बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

बाढीको जोखिमपछि पर्वत प्रशासन भन्छ, ‘जोखिमयुक्त क्षेत्रमा औषधी, कागजात र धनमालको झोला बनाऔँ’

अशोज ८, २०८३

पर्वत : नेपाल मौसम विज्ञान विभागले शुक्रवारदेखि मनसुनी गतिविधि बढ्ने सचेत गराएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले सतर्कताका लागि जिल्लावासीहरूलाई अनुरोध गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलद्वारा जारी विशेष सूचनामा मौसम बुलेटिन अनुसार असोज ९ गते शुक्रवारदेखि ११ गते आइतबारसम्म मनसुनी गतिविधिका कारण गण्डकी प्रदेशमा समेत मेघ गर्जन, चट्याङ र हावाहुरी सहित भारी देखि अति भारी वर्षाको प्रक्षेपण गरिएको उल्लेख छ।
विभागको पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय लगायतका जोखिमका साथै सडक यातायात प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गरी देहाय बमोजिमको उच्च सतर्कता अपनाउ जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेकादेखि आम सर्वसाधारणहरूमा अनुरोध गरिएको छ।
अत्यन्त जरुरी काम नभई घरदेखि टाढा र रातीको समयमा यात्रा नगर्न, यात्रा गर्नुपर्दा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाहरूलाई पालना गर्न, बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा उच्च सतर्कता अपनाउन, पहिरोको उच्च जोखिम रहेका स्थान र नदी किनारका बासिन्दाहरू बाढीको उच्च बहाव हुन लागेमा जोखिमयुक्त स्थानमा नबसी अन्य उपयुक्त र सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ।
यस्तै उपयुक्त र सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तह र नजिकको सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न, जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूले आपतकालिन अवस्थामा उपयोग गर्नका लागि आवश्यक पर्ने सामाग्री, औषधी, महत्त्वपूर्ण कागजात तथा धनमाल सहितको झोला तयार गरी राख्न, सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, साझेदार संस्था, निजी क्षेत्र, नागरिक समाज तथा सरोकारवाला निकायहरू विपद् पूर्व तयारीमा जुट्नुहुन र आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासनमा तुरुन्त जानकारी गराउन पनि सूचनामा भनिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive