बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

जनै पूर्णिमामा मुख्यमन्त्री पोखरेलको शुभकामना

पोखरा : गण्डकी प्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र नेपालीपोखरेलले सांस्कृतिक समृद्धिका लागिधर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताएका छन् । पवित्रपर्व जनैपूर्णिमा,ऋषितर्पणी र गुँपुन्हीकाअवसरमाआइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्रीपोखरेलले धर्म, संस्कृति र परम्पराजस्ताअमूल्यनिधिको जगर्ने गर्नु सबैको दायित्व रहेको बताएकाहुन् ।
जनै पूर्णिमाकादिनतागाधारी समुदायले पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धनबाँध्ने परम्परा छ।श्रावण शुक्ल पूर्णिमाकै दिन तराईमादिदीबहिनीले दाजुभाइको नाडीमा राखीबाँधेर मनाउने गर्छन्। नेवारी समुदायले यो दिनलाई ‘गुँपुन्ही’ का रुपमामनाउने परम्परा छ । यो दिनमानौ थरी गेडागुडी मिसाएको क्वाँटी खाने र भ्यागुताको पूजागरिन्छ । अहिले क्वाँटीको स्वादले अन्य समुदायको भान्सामापनि स्थानपाएको छ ।
मुख्यमन्त्रीले भनेका छन्, ‘विविधधर्म संस्कृतिको धनीहाम्रो मुलुकधार्मिक सहिष्णुताको अनुकरणीय नमुनाहो । एकैदिनपर्नेपर्वलाई समुदायविशेष अनुसार फरक तरिकाले मनाइनु पनिधार्मिक सहिष्णुताकै सबैभन्दादरिलो उदाहरण हो ।’ धर्मसँग जोडिएर कुनै पनि चाड विशेष रुपले मनाउने गरिए पनितीपर्वसँग वैज्ञानिक तर्क पनिजोडिएकोउनको भनाइ छ ।
मुख्यमन्त्रीपोखरेलले कोभिड १९ को त्रास कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड पालनागर्दै सजगताअपनाएर पर्वमनाउन समस्तप्रदेशवासीमा अनुरोध गरेका छन् ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive