पर्वत : पर्वतमा जारी निषेधाज्ञालाई थप कडाई गरिने भएको छ । स्मार्ट लकडाउनको विषयमा आज सरोकारवालाका बिचमा छलफल हुँदा जारी निषेधाज्ञालाई केहि कडाई गर्ने निणर्य भएको हो ।
जारी निषेधाज्ञाको अवधि अनिश्चित कालसम्म लम्वाईएको छ । आउँदो चाडबाडलाई लक्षित गरि मानिसहरुको चहलपहल हुन नदिने प्रसासनले जनाएको छ । प्रसासनले घर परिवारमा मात्रै बसेर तीज, गाईजात्रा, कृष्णअष्टमी पर्वत मनाउन अनुरोध गरेको छ । मन्दिरहरुमा पूजाआजा नगरि नित्य पूजाआजा मात्रै गर्न भनिएको छ । जिल्लामा सभासम्मलेन, जुलुस, आमसभा जस्ता कार्यक्रम नगर्न र नगराउन अनुरोध गरिएको छ भो गोष्ठि, सेमिनार र तालिम सञ्चालन गर्नुपरेमा आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ ।
मृत्यु तथा विवाह संस्कारमा २० जना मात्रै उपस्थित हुन भनिएको छ । बिदेशबाट र कोरोना संक्रमित क्षेत्रबाट आउनेहरुलाई अनिवार्य रुपमा क्वारेण्टाईनमा राखिने भएको छ । सबै प्रकारका शैक्षि संस्थाहरु विद्यालय, क्याम्पस, प्रशिक्षण केन्द्र, ट्युशन सेण्टर, मण्टेश्वरीमा भौतिक उपस्थितीमा हुने पठनपाठन यथावत रुपमा बन्द नै रहने भएका छन् ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्धारा जारी सूचनामा पार्टी प्यालेस, सिनेमा हल, व्यूटीपार्लर, शैलुन, कवर्डहल, जिमखाना, खेलमैदान नखोल्ने र सञ्चालन नगर्ने निणर्य भएको उल्लेख छ । सर्वसाधारणलाई अत्यावश्यक काम नपरि घरवाहिर ननिस्कन र निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनिएको छ । किराना पसल, होटल, चिया तथा खाजा पसलमा क्षमताको ५० प्रतिशत मात्रै मानिसहरु लाई सेवा दिने र स्वास्थ्य सुरक्षाको पालना गर्न भनिएको छ ।
यस्तै घरदैलोमा गएर बचत संकलन गर्ने बाहेक बैँक तथा वित्तिय संस्थाहरु बाट हुने कार्यहरु स्वास्थ्य सुरक्षाको पालना गरि गर्ने र गराउने आदेशमा उल्लेख छ । सार्वजनिक, सरकारी तथा नीजि सवारीसाधानमा मास्कको प्रयोग गर्नुपर्ने जिल्ला प्रसासन कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था जोखिमपूणर् बन्दै गएको र आगामी दिनमा कडाई गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न अनुरोध गरिएको छ ।
कोरोनको शंका लागेमा तत्काल परिक्षण गर्ने र आईसोलेसनमा बस्ने कुरामा ध्यान दिन जिल्लाबासीहरुलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो ।
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025