१३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको काबुलमा अर्काे आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् ।
उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर दिएको उल्लेख गरेका छन् । बाइडनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ । विमानस्थलमा अर्काे आतंकारी हमला हुनसक्ने खत्तरा धेरै छ ।’
गत बिहीबार भएको आक्रमणअघि पनि अमेरिका र बेलायतले विमानस्थलमा आक्रमण हुने सूचना आएको भन्दै सचेत गराएका थिए । त्यसको भोलिपल्ट आत्मघाती विस्फोट भएको थियो ।