बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

आज निजामति दिवस, ४० कर्मचारीलाई पुरस्कार

भदौ २२, २०७८

काठमाडौं : आज निजामति दिवस। सरकारले ‘व्यवसायीक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन’ भन्ने पाँच वर्षे नारा तय गरेको छ।  सरकारले यस वर्ष कोरोना भाइरस (कोभिड–१९)का कारणले कार्यालयमा  नै दिवस मनाउन निर्देशन दिइसकेको छ।

कार्यालयमा दिवस मनाउँदा पनि भौतिक दूरी र स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग गर्नुपर्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।  निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा भदौ २२ गते  निजामती दिवस मनाइने गरिन्छ। नेपालमा करिब ८० हजार निजामती कर्मचारी छन्।

यस्तै  निजामती सेवा दिवस, २०७८ का अवसरमा ४० कर्मचारीलाई पुरस्कृत गरिने भएको छ। पुरस्कृतमध्ये १० कर्मचारीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने भएको छ।

मन्त्रिपरिषद्कोे भदौ २१ को निर्णयअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रुपाखेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम र स्वास्थ्य सेवा विभागका निर्देशक डा भीमसिं तिङ्करीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको हो।

त्यसैगरी महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरिशङ्कर ज्ञवाली, महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, कृषि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ले, बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालबालिका विभागका नायब सुब्बा कमला ढकाल काफ्लेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

त्यसैगरी यस वर्षको ‘निजामती सेवा पुरस्कार’ लक्ष्मीकुमारी बस्नेत, ज्ञानराज सुवेदी, कोशलचन्द्र सुवेदी, विष्णुप्रसाद शर्मा, दिलीपकुमार गौतम, भोलाप्रसाद चापागाईं, शान्ता नेपाल मरासिनी, डा भोजराज शर्मा (काफ्ले), गुरुप्रसाद वाग्ले, विपुलकुमार लाल दास, सूर्यप्रसाद सापकोटालाई प्रदान गर्ने निर्णय गरिएको छ।

केदारप्रसाद नेपाल, विज्ञान बन्जारा, प्रमिला वाग्ले, कुलशेखर अर्याल, शिला ज्ञवाली, सुजितकुमार सिंह, महेशविक्रम लागेजू, भक्तिप्रसाद भट्टराई, भेषराज पन्थ, विन्ध्या कार्की, जलेश्वर राम, जिज्ञासा राई याङ्खुरुङ, भरतप्रसाद तिमल्सिना, उत्तम खनाल, खडानन्द पौडेल, केआई सिं गलान, रामनरेश साह, अमरसिंह लामा र पूर्णप्रसाद अगस्तीलाई सो पुरस्कार प्रदान गरिने निर्णय गरिएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive