मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मुम्बईमाथि चेन्नाईको २० रनको जित

काठमाडौं  : इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको स्थगितपछि भएको पहिलो खेलमा चेन्नई सुपरकिंग्स विजयी भएको छ। गएराति सम्पन्न खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई २० रनले पराजित गरेको छ।​

चेन्नईले दिएको १५७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १३६ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले सर्बाधिक अविजित ५० रन बनाएका थिए भने आइपिएल डेब्यू गरेका अनमोलप्रित सिंहले १६ रन बनाए।

यस खेलमा मुम्बई इण्डियन्सका नियमित कप्तान रोहित शर्मा र हार्दिक पाण्डेय खेलेका थिएनन्। चेन्नईका बलर डवाने ब्राभोले ३ विकेट लिए भने दीपक चहरले २ विकेट र श्रदुल ठाकुरले एक विकेट लिए।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा त विकेट गुमाउदै १५६ रन बनाएको थियो। चेन्नईका लागि रुतुराज गायकवाडले अविजित ८८ रन बनाए भने रविन्द्र जडेजाले २६ रन बनाए।

मुम्बईका बलर ट्रेन्ट बोल्ट, एडम मिल्ने र जसप्रित बुमराहले २-२ विकेट लिएका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive