बुध, माघ २८, २०८२
Wed, February 11, 2026

काठमाडौंबाट मकवानपुर जाने सडक अवरूद्ध

असार १७, २०७८

काठमाडौंबाट हेटौंडा जाने सडकहरू अवरूद्ध भएका छन्।

विभिन्न ठाउँमा पहिरो आएको हुनाले सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

कान्तिपथ राजमार्गबाट मकवानपुर जाने बाटो भिमफेदी गाउँपालिका वडा नम्बर ८ गंगटे भन्ने ठाउँमा पहिरोका कारण अवरूद्ध छ।

भिमफेदी-कुलेखानीको सडकखण्डको गढी भन्ने ठाउँको सडक बुधबार बेलुकादेखि नै अवरूद्ध रहेको उनले बताए।  

‘ललितपुरको भट्टेडाँडाबाट जाने कान्तिपथको बाटोमा पनि पहिरो गएको छ। भिमफेदी-कुलेखानी सडकखण्ड दक्षिणकाली हुँदै सिस्नेरी निस्किने बाटो पनि अवरूद्ध छ,’ प्रहरी निरीक्षक दासले भने।

त्यस्तै भित्री सडकखण्ड कैलाश गाउँपालिका वडा नम्बर १ डाँडाखर्कदेखि पालुङ जाने बाटोमा पनि सडक दुई सय मिटर तल खसेको हो।

अहिले निरन्तर वर्षाका कारण पहिरो हटाउन पनि समस्या आइरहेको प्रहरी निरीक्षक दासले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive