असोज १५, २०७८
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले प्रेमको नाटक गरी १४ वर्षिया बालिकालाई बिक्री गर्न लागेको भन्दै एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने युवक मोदी गाउँपालिका–५ का २४ वर्षिय सूर्यबहादुर भण्डारी हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार भण्डारीले नाम र ठेगाना गोप्य राखिएकी ती बालिकालाई गत असोज छ गते दिउसो साढे १२ बजेको समयमा प्रेमको नाटक गर्दै मोबाइल किनिदिएर तथा अन्य प्रलोभनमा पारेर अभिभावकबाट छुट्टाई गाडीमा चढाएको पाइको छ । भारत लैजान लागिएकी ती बालिकालाई लागि नेपाल–भारत सिमाना रानी जोगबनी पु¥याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
बालिकाका आफन्तको तर्फबाट भण्डारीलाई पक्राउ गरिपाऊँ भन्ने भनी असोज १३ गते प्रहरीमा जाहेरी दर्ता भएपछि आरोपितलाई असोज १४ गते जिल्लाकै कुश्मा नगरपालिका–६ शिवालय चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनका विरुद्ध ‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025