बुध, असार २५, २०८२
Wed, July 9, 2025

ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

अशोज १६, २०७८

संजय रेग्मी
असोज १६, २०७८
पर्वत : ज्येष्ठ नागरिक दिवसको अवसर पारेर पर्वतको कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका २८ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ।
कुश्मा नगरपालिका, ज्येष्ठ नागरिक जिल्ला संघ पर्वत र सामाजिक विकास कार्यालय पर्वतको संयुक्त आयोजनामा भएको कार्यक्रममा नगरपालिका भित्रका १४ वटा वडाका ७० वर्ष उमेर पार गरेका २८ जनालाई सम्मान गरिएको कुश्मा नगरपालिकाको सामाजिक विकास शाखाकी अधिकृत डिल कुमारी शर्माले बताईन्। ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै टेक्ने सहाराको लागि लठ्ठी प्रदान गरिएको थियो।
त्यस अवसरमा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले ज्येष्ठ नागरिकहरुलाई हेँला गर्नु भनेको आफूलाई पनि बूढेसकालमा अरुले हेँला गरुन भन्ने सन्देश दिएको हुने भएकाले ज्येष्ठ नागरिकलाई सम्मान दिने कुरामा कोही पनि पछि पर्न नहुने बताईन्। ज्येष्ठ नागरिकलाई राख्नको लागि निर्माण गरिने बृद्धाश्रमको पक्षमा आफू नरहेको भन्दै उनले हरेक घरमा ज्येष्ठ नागरिकको सम्मान हुने हो भने बृद्धाश्रमको आवश्यकता नै नहुने उनको भनाई छ।
‘मैले करिब १५ वर्ष अगाडि बृद्धाश्रममा एउटी आमालाई भेटेकी थिएँ, उहाँको त्यो दर्दनाक कहानी सुन्दा मलाई बृद्धाश्रममा पुग्नुपर्ने बाध्यतामा पारिएका सबै ज्येष्ठ नागरिकको पिडा एकै हो भन्ने लाग्यो’ उपप्रमुख लामिछानेले भनिन्, ‘म त बृद्धाश्रम हुनुपर्छ भन्ने पक्षमा नै छैन्। हरेक घरका ज्येष्ठ नागरिकलाई त्यही घरमा सम्मान दिनुपर्छ, उनीहरुलाई हेला गरिनु हुँदैन्। सबैले माया मानेमा बृद्धाश्रममा जानु नै पर्दैन्।’
कार्यक्रममा मोदीवेणीधामा रहेको नृसिंह मन्दिर व्यवस्थापन समितका अध्यक्ष केशवदास बैरागी, खेमनाथ शर्मा लगायतले बोल्नुभएको थियो। यस्तै ज्येष्ठ नागरिक जिल्ला संघ पर्वतका सदस्य डण्डपाणी पौडेल र ज्येष्ठ नागरिक समिति कटुवाचौपारीका अध्यक्ष भोलानाथ शर्माले कविता वाचन गरेका थिए।
ज्येष्ठ नागरिक जिल्ला संघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कुश्मा नगरपालिकाको सामाजिक विकास शाखाकी अधिकृत शर्माले गरेकी थिईन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive