बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

अछाममा जन्ती बोकेको जिप दुर्घटना : तीन जनाको मृत्यु, १६ घाइते

अशोज २५, २०७८

अछाम : अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति भएको दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने,  १८ वर्षीयका सर्व बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइते १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने दुईजनालाई नेपालगञ्ज लगिएको छ। पञ्चदेवल विनायक–२ का मदन धामी र उपिन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ।

से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive