बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

बडादशैंको पाँचौ दिन‚ आज स्कन्दमाताको पूजाआजा गरी मनाइँदैछ

अशोज २५, २०७८

काठमाडौं : बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइँदैछ। दुर्गा भवानीका नौ रुपमध्ये पाँचौ स्कन्दमाताको हो।

नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूजा गरिएकोमा आज पाँचौ दिन स्कन्दमाताको पूजा गरिँदै छ।

राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ। त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थी पुगेका छन्।

उपत्यकाबाहिर ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली,  गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर भक्तजनको भीड लाग्ने गर्दछ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive