मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

दशैंको बेला बैंकमा घुइँचो‚ सेवाग्राहीलाई सास्ती

अशोज २४, २०७८

पर्वत : कुश्मा नगरपालिका–३ दुर्लुङकी तारादेवी पौडेलले शनिवार लामो समय पालोमा बसेपछि सामाजिक सुरक्षा भत्ता पाइन्। दशैंका लागि आवश्यक पर्ने खर्च निकाल्न आएकी उनीजस्तैका भीड बैंकमा भएका कारण धेरैले समयमा नै सेवा पाउन सकेनन्।

पर्वतमा सामाजिक सुरक्षा भत्ता निकासाका लागि स्थानीय तह र वडाअनुसार दिन मिलाएर पालो तोकिएको छ। यहीअनुसार कुश्मास्थित मेगा बैंकमा दुर्लुङको पालो शनिवार परेको थियो। दशैंका लागि आवश्यक रकम निकाल्न सेवाग्राहीको चाप बढेपछि बैंकले शनिवार समेत सेवा दिएको हो। तर‚ भीडका कारण समयमा सेवा पाउन मुस्किल थियो।

‘भत्ता बुझ्ने सेवाग्राहीका कारण अरू सेवाग्राहीलाई प्रभाव नपरोस् भनेर हामीले शनिवार भत्ता बुझ्न आउनेहरूलाई मात्र बोलाएका थियौँ। भत्ता बुझ्नेलाई पनि सजिलो अरूलाई पनि सजिलो‚’ बैंकका शाखा प्रबन्धक केशव आचार्यले भने, ‘यो बेलामा कारोबार निकै बढी भइरहेको छ। सेवाग्राहीलाई असुविधा नहोस् भनेर शनिवार पनि सेवा दिइरहेका छौँ।’

जिल्लामा सबैभन्दा बढी कारोबार गर्ने नेपाल बैंक लिमिटेडको पर्वत शाखाले शुक्रवार एकै दिनमा तीन करोड रुपैयाँका चेक सटही गरेको थियो। अघिपछि पनि ‘डिपोजिट’ गर्नेको तुलनामा पैसा निकाल्नेहरूको संख्या बढी हुने गरेकोमा यति बेला ‘डिपोजिट’ करिब शून्य भएको छ।

‘एकै दिनमा करिब ६०० जना जति सेवाग्राहीले सेवा लिइरहनुभएको छ। अघि पछिको तुलनामा यो बेलामा करिब चार गुणाले सेवाग्राहीको संख्या बाक्लो भएको छ‚’ शाखा प्रबन्धक नवराज दवाडीले भने ‘आउटगोइङ एकै दिनमा तीन करोड रुपैयाँ भएको छ। नर्मल अवस्थामा दैनिक एक करोडभित्रैका चेक साट्ने गरिएको थियो।’

दशैं र अन्य चाडबाडमा जिल्लामा कुल कतिको कारोबार हुन्छ भन्ने तथ्यांक त रहँदैन। यद्यपि‚ जिल्लामा हुने बैंकिङ कारोबारमध्येको करिब एक तिहाइ भाग नेपाल बैंक लिमिटेडको पर्वत शाखाले ओगटेको दवाडीको भनाइ छ। दशैं लागेसँगै बढेको चापका कारण टोकन प्रणालीलाई व्यवस्थित गरेर प्रतिघण्टा ५० जनाका दरले सेवा दिइरहेको पनि प्रबन्धक दवाडी बताउँछन्।

शिक्षक तथा कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, निवृत्तिभरण लगायतका रकमको निकासा निकाल्नको लागि बैङ्कहरूमा हरेक वर्ष यही बेलामा भिडभाड हुने गरेको छ।

thahakhabar.com

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive