रामशरण पोख्रेल
पर्वत : नेपाली काङ्ग्रेस कुश्मा नगरपालिका बाट चौधौं अधिबेशनमा निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाइ बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस कुश्मा नगरपालिका-११ पकुवाले आयोजना गरेको बिजयादशमी तथा दिपावलीको सुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा काङ्ग्रेसको चौधौं अधिबेशनबाट नवनिर्वाचित नगरकार्यसमितीलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस कुश्मा नगर सभापति किशोर भण्डारीले नेपाली काङ्ग्रेसले लाल अधिनायकवाद बिरुद्द लड्ने बेला आएको बताए । भण्डारीले नेपाली काङ्ग्रेसमा आस्थावान सबै नेपालिहरु फुटेर होइन जुटेर अगाडि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा निर्वाचन अधिकृत महेन्द्र जोशी, नेबि संघ पर्वतका सचीव दया सुवेदी, नेपाल रेडक्रस सोसाइटी पर्बतका अध्यक्ष रुद्र बहादुर रिमाल, कुश्मा नगरपालिका वार्ड नम्बर ८ का आर्डअध्यक्ष राजकुमार क्षेत्री, क्ष्रेत्रीय कोषध्यक्ष रमेश बम मल्ल, १४ सभापति रुद्र रिमाल, निवर्तमान सभापति हर्क बहादुर मल्ल , क्षेत्रीय प्रतिनिधि सुनिल क्षेत्री लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाली काङ्ग्रेस कुश्मा नगरपालिका-११, पकुवाका पार्टी सभापति कृष्ण बहादुर केसिको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत सचीव नारायण पौडेल र संचालन सचिब ईश्वरि प्रसाद भुसालले गरेका थिए ।
नेपाली काङ्ग्रेसको चौधौं अधिबेशनबाट कुश्मा नगर कार्यसमितिको सभापतिमा भण्डारी सहित उपाध्यक्षमा कमलकान्त पाध्या, राजन जोशी, सचीवमा राम प्रसाद शर्मा(आरसी), उत्तम ढकाल, सहसचिवमा पुस्कल सुबेदी, सम्भु कुमार जोशी लगायत निर्वाचित भएका थिए ।