शनि, असार ७, २०८२
Sat, June 21, 2025

दुर्लुङ र अम्बोटका पहिरोपीडितलाई आर्थिक सहयोग

अशोज २४, २०७८

पर्वत : पहिरोमा परी मृत्यु भएकाका परिवार तथा घरबारविहीन भएका पर्वतको दुई ठाउँका पहिरोपीडित तीन परिवारलाई करिब ११ लाख रुपैयाँ सहयोग गरिएको छ।

दिर्पा–विवेक अजर अमर स्मृति प्रतिष्ठानको अभियानमार्फत उठेको १० लाख ८४ हजार रुपैयाँ गत भदौ १७ गते गएको पहिरोपीडित दुई परिवारलाई उपलब्ध गराइएको सहयोग कोषका अध्यक्ष महेन्द्र गुरुङले बताए। यस प्रतिष्ठान अघिल्लो वर्ष दुर्लुङमा गएको पहिरोका कारण मृत्यु भएकाहरूको सम्झनामा स्थापना गरिएको हो।

पहिरोमा परी परिवारका पाँच जना गुमाएका दुर्लुङको घोगेनीका रामप्रसाद पौडेल (माधव), घरबारविहीन बनेकी नरदेबी शर्मा र अम्बोटकी फूलमाया थापाको परिवारलाई आर्थिक सहयोग गरिएको हो। पीडितमध्ये पौडेललाई आठ लाख ९७ हजार, मृतक फूलमायाको परिवारलाई एक लाख २२ हजार ९७५ र नरदेवीलाई ६५ हजार रुपैयाँ उपलब्ध गराइएको हो।

पीडितहरूको आर्थिक तथा पारिवारिक अवस्था दयनीय रहेका कारण प्रतिष्ठानमार्फत आर्थिक सहयोग संकलन अभियान थालिएको थियो। त्यस क्रममा रोजगारीको सिलसिलामा विदेशमा रहँदै आएका पर्वतवासीसहित अन्यको सहयोगमा सङ्कलन भएको रकम उनीहरूलाई हस्तान्तरण गरिएको हो।

‘समाजमा घट्ने प्राकृतिक प्रकोप बाट विचलित हुने परिवार र दुःखी तथा गरिबलाई सहयोग गर्ने उद्देश्यले यो प्रतिष्ठानको जन्म भएको हो। दिर्पा र विवेकसहित गत वर्ष नौ जनाको पहिरोमा नै परेर मृत्यु भएपछि यस्तै आपतमा परेकालाई सघाउनको हामी लागेका थियौँ‚’ प्रतिष्ठानका परिकल्पनाकार विरोध गुरुङले भने, ‘विपद् परेको बेलामा हामी सबै एक हुनुपर्छ, हामीले यो सहयोगी प्रतिष्ठानलाई अझै फैलाउन खोजिरहेका छौँ।’

प्रतिष्ठानका सचिव आरसी पौडेलका अनुसार हालसम्म आजीवन सदस्य शुल्क र अन्य सहयोग गरी  १५ लाख रुपैयाँ संस्थाको नाममा जम्मा छ। अबको केही वर्षमा कोषलाई अन्य सहयोग उठाएर ठूलो बनाइने र त्यसको ब्याज मार्फत जिल्ला भरका दुःखी र पीडितहरूलाई सहयोग गर्ने लक्ष्य राखिएको छ।

यस वर्षको पहिरोबाट मानवीय क्षतिका रूपमा सबैभन्दा पीडित रामप्रसाद पौडेल हुन्। रोजगारीको सिलसिलामा देश बाहिर रहेका कारण उनको ज्यान जोगिएको भए पनि गाउँमा रहेको उनको परिवारका पाँचै जनाको मृत्यु भएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive