असोज २३, २०७८
पर्वत : ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दुर्घटनाबाट मृत्यु भएका आफ्ना तीन जना बीमितको परिवारलाइ ११ लाख ७७ हजार ४ सय ४३ रुपैया हस्तान्तरण गरेको छ ।
कम्पनीले कुश्मा नगरपालिका ३, दुर्लुङमा जेठ १७ गते राती गएको पहिरोमा परि मृत्यु भएका स्थानीय राम प्रसाद शर्मा (माधब) का एक छोरा एक छोरी र श्रीमतिको नाममा ज्योती लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गरेका थिए । सो बीमा बापतको रकम पीडित राम प्रसाद शर्मा (माधब) लाई हस्तान्तरण गरेको हो । कम्पनिका धौलागिरी एरिया प्रमुख मेघराज खड्काको अध्यक्षता, कु.न.पा.–३ वडा अध्यक्ष तेज प्रसाद पाध्या को आथित्यता एजेन्सी म्यानेजर नारायण प्रसाद शर्मा को सञ्चालन र बागलुङ शाखा का शाखा प्रमुख को स्वागत मा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै ज्योति लाइफ इन्स्योरेन्स बागलुङ शाखाका प्रमुख सञ्जय शर्मा ले ज्योति लाइफ इन्स्योरेन्स मा बच्चा को बीमा गर्दा पनि अभिभावकको घातक रोग सहित दुर्घटना बीमा जोडिएकोले सबैले बीमा कम्पनी रोज्दा ज्योति लाइफ नै रोज्नको लागि अनुरोध गर्नुभयो । कार्यक्रम मा बोल्दै ज्योति लाइफ इन्स्योरेन्स क. लि. कुश्मा उपशाखा प्रमुख राजन केसी ले नेपालमै सर्वाधिक घातक रोगको उपचार दिने एक मात्र कम्पनी ज्योति लाइफ भएको कुरा जानकारी दिनुभयो । कार्यक्रम को अध्यक्ष तथा ज्योति लाइफ इन्स्योरेन्स क. लि. धौलागिरी एरिया प्रमुख मेघराज खड्काले जीवन विमाले आर्थिक क्षती विरुद्धको सुरक्षा प्रदान गर्दछ ,जीवन बीमा भनेको दुःख सुखको सारथी हो त्यसैले सबै जना जीवन बीमा गरौं । जीवन बीमा हाम्रो तेस्रो सन्तानको रुपमा लिन पनि सकिन्छ उहाले भन्नुभयो । कार्यकममा ज्योति लाइफ इन्स्योरेन्स क. लि. का एजेन्सी म्यानेजर जुनु कुमारी गिरी, एजेन्सीहरु रितु गुरुङ, द्रौपदी गुरुङ सुबास गैरे धौलागिरी अपरेसन प्रमुख सुजन पुन लगायत पत्रकार सामाजिक व्यक्तित्वको समेत उपस्थिति रहेको थियो ।
मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025