बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

यी काम गरेर तीन वर्षे कार्यकाल पूरा गरे पर्वत अस्पतालका अध्यक्ष पहाडीले

असोज २२, २०७८
पर्वत : पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले तीन वर्षको आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा जानकारी गराएका छन्।
तीन वर्ष अवधि हुने समितिको पदावधि पूरा भएपछि उनले शुक्रवार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आफू नृतृत्व समितिले गरेका कामहरुको बारेमा जानकारी गराएका हुन्। उनले आफ्नो अवधिमा गरेका कामहरुको बारेमा जानकारीहरु समावेश गरीएको ‘विवरण पत्र’ सार्वजनिक गर्दै तीन वर्षको अवधिमा अस्पतालको सेवा सुबिधाको लागि गरेको प्रयासको बारेमा जानकारी दिएका छन्।
‘विवरण पत्र’ मा अपरेशन सेवा, विज्ञ चिकित्सक, स्वास्थ्यकर्मी प्रवन्ध, प्रयोगशाला, फार्मेसी, एक्सरे, सरकारी सेवा, बाहिरबाट विज्ञ चिकित्सक प्रवन्ध, भिडियो एक्सरे, मुटुको ईको परिक्षण, मृगौला डायलासिस सेवा, आई सी यु र भेण्टिलेटर कक्ष स्थापना, आँखा उपचार सेवा, दाँत उपचार सेवा, निःशुल्क रगत उपलब्धता, प्राविधिक सेवाहरु थप, आईसोलेसन स्थापना, एस एन सि यु स्थापना, अक्सिजन प्लाण्ट, डेटिकेटेड विद्युत ट्रान्सफर्मर जडान, जेनेरेटर प्रवन्ध, आफनै खानेपानी योजना, पानी ट्यांकी, ५० शैयाको अत्याधुनिक भवन निर्माण, फोहोरमैला ब्लक निर्माण तथा मेशिन व्यवस्था, प्रदेश बजेटबाट संरचना निर्माण, आन्तरिक आम्दानीका लागि सटर निर्माण, अस्पताल चोक – बञ्जि सडक निर्माणमा साझेदारी, एकद्धार संकट व्यवस्थापनप केन्द्र स्थापना, सामाजिक सेवा ईकाई स्थापना, पोषण पुर्नस्थापना गृहलाई प्रभावकारी बनाईएको, स्वास्थ्य बीमा कार्यक्रम लागु, वृहत निःशुल्क शिविरहरु सञ्चालन, एक महिना एक विशेषज्ञ सेवा अभियान सञ्चालन, अपरेशन शिविर, मर्चरी च्याम्वर, घर टहराहरुको मूल्य समायोजन, सफ्टवेयर प्रणाली प्रयोग, दैनिक आम्दानी, तलव सुविधा वृद्धि, भत्ता सुविधा, विपद कोष स्थापना, वायोमेडिकल टेक्निसियन प्रवन्ध, प्लम्वर व्यवस्था, प्रदेशको नेतृत्व, वेवसाईट, निःशुल्क ईन्टरनेट सेवा, विद्युतीय अनुगमन पद्धति लागु लगायतका कुरामा प्रगति गरिएको उल्लेख गरिएको छ।

हेर्नुहोस पूर्णपाठ

Sweat patra- White Paper (1)

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive