बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

को-को बन्दैछन् कांग्रेसबाट नयाँ मन्त्री ?

अशोज २२, २०७८

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। प्रधानमन्त्री बनेको झण्डै तीन महिना पछि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने भएका हुन्।

बिहीबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागवण्डाको विषयमा मोटामोटी सहमति कायम गरेको छ। कांग्रेसमा यस अघिनै बालकृष्ण खाँण गृहमन्त्री, नारायण खड्का परराष्ट्र मन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन्। उनीहरु सबै सभापति देउवाले आफूनिकटलाई नियुक्त गरेको भन्दै पौडेल समूहले अन्तुष्ट जनाएका छन्।

यद्यपी नयाँ मन्त्री चयनमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई पनि समेटेका छन्। पौडेल समूहलाई रक्षा र कानुन मन्त्रालय पर्ने भएको छ। दिलेन्द्रप्रसाद बडु र मिनेन्द्र रिजाल मन्त्री बन्ने लगभग निश्चित भएको पौडेल निकट एक नेताले जानकारी दिए। पौडेलले समूहले आफूहरूलाई तीन मन्त्रालय दिइनुपर्ने माग प्रधानमन्त्री देउवा समक्ष राखेका थिए। तर देउवाले दुई मन्त्री मात्र दिन सक्ने बताएका थिए।

अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी प्रधानमन्त्रीको छ।महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा देउवा निकट उमा रेग्मीलाई पठाउने तयारी छ।

सिटौला पक्षबाट भने उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी सिटौला समूहले यस अघिनै गरिसकेको छ। चौधरीलाई देउवाले युवा तथा खेलकूद मन्त्रालय दिने तयारी गरेको देउवानिकट स्रोतले बताएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive