शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटेनह्यामलाई ३–० ले हरायो

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटेनह्यामलाई हराएको छ ।

गएराति भएको खेलमा युनाइटेडले टोटेनह्यामलाई ३–० गोलले हराएको हो । क्रिस्टियानो रोनाल्डोले खेलको ३९ औं मिनेटमा गोल गरेपछि युनाइटेडले अग्रता बनाएको थियो । त्यस्तै खेलको ६४ औं मिनेटमा एडिन्सन काभानीले एक गोल थपे । त्यसपछि खेलको ८६ औं मिनेटमा मार्कुस रासफोर्डले एक गोल गरेपछि युनाइटेड ३–० ले विजयी भयो ।

जितसँगै युनाइटेड लिगको पाँचौँ स्थानमा उक्लिएको छ । युनाइटेडको १० खेलमा १७ अङ्क छ । टोटेनह्याम १५ अङ्कका साथ आठौं स्थानमा छ । यस्तै हिजो भएको खेलमा चेल्सीले न्युक्यासललाई ३–० ले हराएको छ । वार्टफोर्ड साउथह्याम्टनसँग १–० गोलले पराजित भएको छ ।

लिभरपुल र ब्राइटनले २–२ गोलको बराबरी खेलेका छन् । म्यानचेस्टर सिटीलाई क्रिस्टल प्यालेसले २–० गोलले हराएको छ भने ब्रेन्टफोर्ड बर्नलीसँग ३–१ ले पराजित भएको छ । आर्सनलले लेस्टर सिटीलाई २–० गोलले हराएको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive