बिहिबार, माघ २४, २०८१
Thursday, February 6, 2025

रेग्मी समाजले महिलाको नाम पनि वंशावलीमा राख्ने

कात्तिक २२, २०७८
पर्वत : कौशिक गोत्रीय रेग्मी बन्धु समाज पर्वतको पहिलो बैठकले आफ्नो वंशावलीमा महिलाको नाम समेत समावेश गर्ने निर्णय गरेको छ । सामान्यतः वंशावलीमा महिलाका नाम राख्ने गरेको नदेखिएको अवस्थामा समाजको सोमबार बसेको बैठकबाट उक्त निर्णय गरेको र यसले वंश विस्तारमा महिलाको भूमिकालाई पनि स्थान दिएको समाजका सचिव भीमनाथ रेग्मीले बताए ।
‘सामान्यतः वंशावलीमा महिलाको नाम राख्ने गरेको देखेका छैनौँ । अरुका वंशावलीहरुको अध्ययन गर्दा पनि त्यास्तो खासै पायएको छैन । तर रेग्मी बन्धु समाजमा भने महिलाको नाम समेत राख्ने महत्वपूर्ण निर्ण भएको छ,’ उनले भने, ‘वंश विस्तारमा महिलाको पनि भूमिका त पुरुषकै बराबर हो तर पनि महिलाको नाम नराख्ने गरेको पाइएकोमा हामीले अब राख्ने निर्णय गरेका छौँ । महिलाको अधिकारको पक्षमा कुरा गर्नेहरुले इतिहासमा हाम्रा आमाहरुको भूमिकाको पनि खोजी गर्नु आवश्यक छ ।’ बैठकबाट पर्वतका सात वटै स्थानीय तहमा रहेका कौशिक गोत्रीय रेग्मी बन्धु समाजको वंशावलीबाट यसको थालनी गर्ने र राष्ट्रिय स्तरमा अभिबृद्धि गर्ने पनि रेग्मीले बताए ।
यस्तै बैठकबाट समितिको थप विस्तार गर्ने, कार्यालय व्यवस्थापन गर्ने, वंशावलीलाई अद्यावधिक एवं संसोधन गर्ने निर्णय पनि गरेको छ ।
रेग्मी बन्धु समाज को औपचारिक संगठन निर्माण केही दिन अगाडि मात्रै भएको हो ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive