बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वी चोकको २१ औँ वार्षिकोत्सव सम्पन्न 

कार्तिक २७, २०७८
कात्तिक २७, २०७८
पोखरा : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वी चोक पोखराको २१ औ वार्षिकोत्सव सम्पन्न भएको छ।
विकृति विसङ्गति रहित समाजको निर्माण : हाम्रो अभियान भन्ने मूल नाराका साथ केन्द्रको वार्षिकोत्सव मनाइएको हो। वार्षिकोत्सवको अवसरमा केन्द्रले विभिन्न सामाजिक कार्यहरू सम्पन्न गरेको छ। जसमा कात्तिक २५ मा लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम, २६ गते खुला रक्तदान कार्यक्रम र २७ गते आज पोखरा महानगरपालिका लामे आहाल स्थित राधाकृष्ण वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक तथा आश्रितहरूलाई राहत वितरण गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ।
विविध कार्यक्रमहरू सहित सम्पन्न गरिएको वार्षिकोत्सवको अवसरमा दीप प्रज्वलन समेत गरिएको थियो। संस्थाका वर्तमान अध्यक्ष धर्मदत्त आचार्यको आतिथ्यतामा भएका उक्त कार्यक्रमहरूमा संस्थाका सम्पूर्ण सल्लाहकार तथा अन्य सहयोगी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
स्थानीय नागरिक र नेपाल प्रहरीको संयुक्त सहभागितामा समाजमा देखा पर्ने विभिन्न किसिमका बिकृतिहरुलाई न्यूनीकरण गरी समुन्नत समाजको स्थापना गर्ने उद्देश्यले उक्त सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना गरिएको हो। संस्थाले आफ्नो स्थापनाको २० औँ वसन्त पार गर्दासम्म समयसापेक्ष रूपमा नागरिक र प्रहरीबिचको सुमधुर सम्बन्धद्वारा सुरक्षित एवं समुन्नत समाज निर्माणका लागी विभिन्न रचनात्मक क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive