काठमाडाैं-बुधवार सामान्यतया माैसम सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे पूर्वानुमान छ ।
त्यस्तै, राती प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले देशभर जाडो बढ्ने क्रम जारी छ । चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।