मङ्सिर ३, २०७८
पर्वत : बागलुङको ढोरपाटन नगरपालिका–१ बूर्तिवाङमा भएको जिप दुर्घटनामा आठ वर्षिय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागलुङकै तमानखोला गाउँपालिका–२ का कृष्ण बि.क का छोरा जोन सिर्पाली रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ । दुर्घटनामा परी ढोरपाटन नगरपालिका–१ का ५८ वर्षिय नरकितव सुनार, ४८ वर्षिय लोविन्द्र कुँवर, वडा नं. ६ का ३० वर्षिय विष्णु प्रसाद सापकोटा, वडा नं. ५ का ४७ वर्षिय सक्रेनी घर्ती, ५० वर्षिय निर्मला घर्ती र वडा नं. ७ का ९ वर्षिय आकाश घर्ती घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार रोकी राखेको ग २ च ५९८० नम्बरको पिक अप भ्यान यात्रुले चलाउन खोज्दा दुर्घटना भएको बागलुङ प्रहरीले बताएको छ ।
रोकेको जिप यात्रुले चलाउन खोज्दा दुर्घटना, ८ वर्षिय बालकको मृत्यु
