बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024

कालीगण्डकी एकेडेमीमा एनसिसि क्याडेट तालिम सुरु

गोविन्द पौडेल
मङ्सिर २०, २०७८
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको कालीगण्डकी एकेडेमी आवमसीय माध्यमिक विद्यालयमा जुनियर डिभिजन ४७ औं ब्याच एन.सि.सि क्याडेट तालिम सुरु भएको छ ।
श्री राष्ट्रिय सेवादलद्वारा सञ्चालित तालिमको आइतबार विद्यालयको सभाहलमा प्रथम प्रवचन कार्यक्रमको आयोजना गरी जुनियर क्याडेटको तालिम सुरु गरिएको हो । तालिम अवधिभर विद्यार्थीको अनुशासन, राष्ट्रप्रेम, लगनशीलता, आत्मरक्षा, कला तथा प्रतिभाको विकास, वाचनकला, नेतृत्व सीप, परेड, सांस्कृतिक कला र लागू पदार्थ दुव्र्यसन लगायतका विषयमा तालिम दिइने केवल जङ गुल्मका सेनानी समशेर बहादुर सिंहले बताए ।
मङ्सिर २० गतेबाट ३५ दिनसम्म प्रत्येक दिन बिहान दुई घण्टा सञ्चालन हुने तालिममा विद्यालयका कक्षा७, ८ र ९ मा अध्यापनरत १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जनाको सहभागिता रहने विद्यालयका एन.सि.सि संयोजक शिक्षक विक्रम थापाले जानकारी दिए ।


विद्यालयका संस्थापक लेखापाल वविता कर्माचार्य श्रेष्ठले ४७ औंं ब्याचको तालिमका लागि जिल्लाबाट कालीगण्डकी एकेडेमीलाई अवसर प्रदान गरेकोमा धन्यवाद प्रकट गरिन ।
३५ दिनको प्रथम चरणको तालिम पश्चात् १५ दिने क्षेत्रीय तालिम चितवनको हाŒाीखोरमा सञ्चालन हुने तालिम प्रशिक्षकद्वय दिपेन्द्र कुमाल र होमबहादुर लिम्बूले बताए । एन.सि.सि संयोजक शिक्षक विक्रम थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका संस्थापक लेखापाल वविता कर्माचार्य श्रेष्ठको स्वागत तथा शिक्षकहरु सुदर्शन लिम्बू, कमला रेग्मी, प्रतिक्षा आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल गोबिन्द पौडेलले गरेका थिए ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive