मङ्सिर २०, २०७८
पर्वत : नेकपा माओवादी केन्द्रको विदेश विभाग अन्तर्गत नेपाली जनप्रगतिशिल मञ्च हङकङको तेस्रो अधिवेशनबाट दुर्गा गुरुङ ‘मिलन’ को अध्यक्षतामा कार्यसमितिको पुनर्गठन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा आशिष सुवेदी र नरेन्द्र केरुङ, सचिवमा हरिन्द्र तमु ‘हरि’, सहसचिव तथा प्रवक्तामा किन्दर राई, कोषाध्यक्षमा अर्जुन राना मगर, सहकोषाध्यक्षमा सुरेश शर्मा चयन भएका छन् । यसैगरी सचिवालय सदस्यमा मनप्रसाद गुरुङ, रबिन नाल्बो, निर लिम्बु र प्रताप कोयु राई चयन भएका छन्।
११ जना सचिवालय सदस्य सहितको ४१ सदस्यीय कार्यसमिति चयान भएको हो । अध्यक्षको जिम्मेवारी पाएका गुरुङले समाजवादी आधारहरु तयार पार्नको लागि आफ्नो काँधमा आएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताए ।
जनप्रगतिशिल मञ्च हङकङको अध्यक्षमा गुरुङ
मंसिर २०, २०७८




