बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कार सात जनालाई प्रदान गरिँदै

मंसिर २३, २०७८

मङ्सिर २३, २०७८
पर्वत : पर्वतमा लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउँदै आइरहेको माधुरी साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षका पुरस्कार पाउनेहरूको नाम सार्वजनिक गरिएको छ।
प्रतिष्ठानको पुरस्कार छनोट समितिका संयोजक सुमन्तनाथ सुबेदीको अध्यक्षतामा बुधवार बसेको बैठकले प्रतिभा छनोट गरी सार्वजनिक गरेको हो। प्रतिष्ठानका अध्यक्ष, साहित्यकार एवं समाजसेवी सरस्वती शर्मा जिज्ञासु एवं उनका श्रीमान् साहित्यकार विमल शर्माद्वारा संयुक्त रूपमा स्थापना गरेको अक्षयकोषबाट हरेक वर्ष समाजसेवा, साहित्य र पत्रकारिता विधामा वितरण गर्ने गरिएको छ। समितिले वर्ष ०७७ र ०७८ का विजेता सार्वजनिक गरिएको जनाएको छ।
गत वर्ष र यो वर्षको पुरस्कार संयुक्त रूपमा पाउनेहरूमा समाजसेवी लोकनाथ आचार्य, प्राध्यापक डाक्टर षडानन्द पौड्याल, साहित्यकार शान्तिनारायण श्रेष्ठ, साहित्यकार सदानन्द अभागी, स्तम्भ लेखक डाक्टर साधना प्रतीक्षा, साहित्यकार (ऋषि प्रसाद लामिछाने) गोर्खे साइँलो र पत्रकार ओम प्रसाद घायल रहेका छन्।
उनीहरूलाई सबैलाई आगामी पुस १२ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यतथामा पुरस्कार वितरण तथा सम्मान गरिने समितिले निर्णय गरेको छ।
गत वर्ष र यो वर्षको पुरस्कारका व्यक्तित्वहरू छनोट गर्नका लागि प्रतिष्ठानका उपाध्यक्ष सुमन्तनाथ सुबेदीको संयोजकत्वमा प्रतिष्ठानका अध्यक्ष जिज्ञासु, सदस्य पृथ्वीनारायण शर्मा, सचिव नवराज शर्मा र सदस्य अगन्धर तिवारी सदस्य रहने गरि छनोट समिति गठन गरिएको थियो। समितिले पर्वतलाई प्राथमिकता दिँदै देशका विभिन्न क्षेत्रमा रहेर पर्वतको साहित्य, पत्रकारिता एवं सामाजिक क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरूको योगदानको मूल्याङ्कनलाई आधार बनाएर प्रतिभा छनोट गरेको हो। पुरस्कृत सबै प्रतिभालाई जनही दश हजार नगद सहित सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष जिज्ञासुले बताइन्।
तीन वर्षअघि स्थापना गरिएको अक्षयकोषको रकमबाट पहिलो संस्करणमा साहित्यकार कृष्णादेवी शर्मा (श्रेष्ठ), साहित्यिक पत्रकार राजेन्द्र पहाडी र सामाजिक अभियन्ता मानकुमारी गिरीलाई पुरस्कृत गरिसकिएको थियो। प्रतिष्ठानले त्रैमासिक रूपमा साहित्यिक पत्रिका नवमाधुरी प्रकाशन गर्दै आइरहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive