बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

पुस २५, २०७८

काठमाडौँ- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ।  अहिले दिइएको हिउँदे बिदालाई नै माघ १५ सम्म लम्ब्याउने निर्णय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले गरेको हो।

सिसिएमसीकी प्रवक्ता सुनीता नेपालले आइतबार बसेको बैठकले हिउँदे बिदा माघ १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको जानकारी दिइन्।

उनले निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकिएको जानकारी पनि दिइन्।

बैठकले जिल्लामा संक्रमणको अवस्था हेरेर सम्बन्धित प्रजिअले स्मार्ट लकडाउन जारी गर्न सक्ने निर्णय गरेको पनि प्रवक्ता नेपालले बताइन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive