बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

नारायण मा.वि.का ८० विद्यार्थीलाई न्यानो स्वीटर वितरण

संजय रेग्मी
पुस २६, २०७८
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यामिक विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ ।
विद्यालयमा २०५९÷६० सालमा तत्कालिन एस.एल.सी परीक्षा दिएका विद्यार्थीहरु आफैले लगानी गरेर बिद्यार्थीहरुको लागि स्वीटर खरीद गरि वितरण गरेका हुन् । आफूहरु सामाजिक क्षेत्रका बिभिन्न ठाउँमा रहेको र आफूहरुलाई त्यो स्थानमा ल्याउने काम विद्यालयले नै गरेका कारण विद्यालयका सम्झनामा आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुका लागि स्वीटर वितरण गरिएको सहयोगदाताहरुले बताएका छन् ।
‘हामीहरु समाजका विभिन्न क्षेत्रमा रहेका छौँ । आफूले परीक्षा दिएर यहाँसम्मको करिअरमा ल्याउने काम त यही विद्यालयले गरेको हो । यसैको सम्झना र सम्मानमा यहाँ अध्ययनरत तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको लागि स्वीटर वितरण गरिएको हो,’ हाल एन.आई.सी. एसिया कुश्मा शाखाका प्रबन्धक रहेका नारायाण मा.वि. का पूर्व विद्यार्थी विजय चापागाईँले भने, ‘जाडोको बेलामा हामी सबैकलाई कति कठिन छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पोशाकमै पर्ने स्वीटर किन्न पनि कठिन हुने भएकाले सहयोगको लागि आफैले अध्ययन गरेको विद्यालय रोजिएको हो ।’


स्वीटर वितरण कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त बहादुर सि.के, सदस्य कमलनाथ पोख्रेल र प्रधानाध्यापक गोविन्द प्रसाद पोखरेलले पूर्व विद्यार्थीहरुले विद्यालयलाई गरेको सहयोग प्रशंसनीय रहेको बताउँदै आउँदा दिनमा पनि सहकार्य रहने विश्वास व्यक्त गरे । सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था कमजोर भएको भन्दै आलो चना भइरहेको बेलामा नारायण मा.वि. ले कामम गर्न सकेको शैक्षिक गुणस्तर र शैक्षिक विश्वासले आफूहरुलाई थप काम गर्ने जोश बढेको बताउँदै उनीहरुले सामुदायिक विद्यालयहरु धेरै समस्याबाट गुज्रिन बाध्य भएको बताए ।
उक्त व्याचका झण्डै ३० जना विद्यार्थीहरुको सहयोगमा करिब ४० हजारको लगानीमा स्वीटरहरु वितरण गरिएको हो । विजय चापागाईँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी हिमाल के.सी.ले गरेका थिए । सो अवसरमा पूर्व विद्यार्थीको तर्फबाट साग पौडेलले भनाई राखेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive