शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि पर्वत अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

माघ ७, २०७८

माघ ७, २०७८
पर्वत : कार्यरत अधिकांश चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएको तथा त्यो क्रम हरेक दिन बढ्दै गएपछि पर्वत अस्पतालले आकस्मिक बाहेकका अन्य सेवाहरू स्थगन गरेको छ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी क्षेत्रीका अनुसार कोरोनाको परीक्षणको लागि अस्पताल पुगेकामध्ये ७२ प्रतिशतमा सङ्क्रमणको पुष्टि भएको छ। अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै सङ्क्रमित भएपछि सेवा दिने जनशक्ति नभएको तथा अस्पताललाई निसङ्क्रमित गर्नुपर्ने भएका कारण आउँदो माघ नौ गतेदेखि १४ गतेसम्म पाँच दिनका लागि आकस्मिक बाहेकका सेवाहरू बन्द गर्न लागिएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive