बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

‘न बिर्सेँ तिमीलाई’ को नयाँ भर्सनमा अन्जुको दुखेसो

माघ २६, २०७८

माघ २६, २०७८
पर्वत : नौ वर्ष अगाडि अन्जु पन्तको स्वरमा बजारमा आएको गजल ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ को नयाँ भर्सन निकालिएको बारेमा गायिका पन्तले दुखेसो पोखेकी छिन्।
निर्माता विपिन किरणले पुरानै सङ्गीत र शैलीमा रचना रिमालको स्वरमा गजललाई फेरि रेकर्ड गरेर अफिसियल भिडियोको रूपमा सार्वजनिक गरेका छन्। गायिका पन्तले उही सङ्गीत र उही एरेन्जमा नयाँ भर्सनको गीत रेकर्ड गरेको तथा नयाँ भर्सनमा ओरिजिनल गायकको नाम नराखिनु दुःखद र अन्यायपूर्ण भएको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो प्रवृत्तिले सङ्गीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै भुलिने बताएकी छिन्।


‘आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन। अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ,’ गायिका पन्तले लेखेकी छिन्, ‘मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ। उही सङ्गीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाहिँ दुखद र अन्यायपूर्ण कुरा हो। के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन।’
आफूले कोही एक जना व्यक्तिको भन्दा पनि यस्तै खालको चलनले भोलिका दिनमा सङ्गीत र कलाकारको सम्मान नै भुल्न लागिरहेको उल्लेख गरेकी छिन्। उनले ‘भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस्।’ भन्दै आफ्नो धारणा व्यक्त गरेकी छिन्।
यस्तो छ रचनाको स्वरमा रहेको नयाँ भर्सन

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive