बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

तेजस रेग्मीको लेखनमा बनेको हेर्नैपर्ने एउटा गीत ‘कुमारी’

फाल्गुन ६, २०७८

फागुन ६, २०७८
पर्वत : सामान्य खालका गीतहरु अब दर्शक र स्रोताको रोजाईमा नपर्ने निश्चित छ। दर्शकहरु पनि एडभान्स भएका छन् यही कारण सधैँ एकै शैलीका गीतहरु मन पराउँदैनन्।
यही बीचमा दर्शकको ध्यान तान्ने गरी लोक तथा दोहोरी गीत गायक तथा रचनाकार तेजस रेग्मीले फरक शैलीको गीत ‘कुमारी’ सार्वजनिक गरेका छन्। चलचित्रको जस्तो शैलीमा निर्माण गरिएको गीतको कथा पनि चलचित्रकै जस्तो छ।
गाउँकी एउटी सोझी केटी बजारमा झरेपछि बजारिया केटाले औषधी सुँघाएर इज्जत लुटेको हुन्छ। ती यूवती र बलात्कार गरेका यूवाबीच प्रहरीले बिहे त गराइदिन्छ तर घरमा राम्रो व्यवहार हुँदैन। पेट पाल्नैको लागि कुनै मन्दिरमा सफा गर्ने काम गरिरहेको बेलामा आफूले गाउँमा छँदा मन पराएका यूवा भेटीन्छ, त्यहीँ सिन्दुर हाल्छन।
अब ती यूवतीका श्रीमान दुई जना बनेपछि बलात्कार गरेका कारण विवाह भएका श्रीमनलाई तुरुन्तै सम्बन्ध बिच्छेदको कागज दिन्छिन्। तर पहिलेका श्रीमानले यो कुरा अस्वीकार गरिरहेका छन्।
यसपछि के हुन्छ भन्ने कुरा भने गीतको दोस्रो भागमा देखाइने गीतका लेखक रेग्मी बताउँछन्।
तेजस रेग्मी र समीक्षा अधिकारीको स्वरमा रहेको गीतको एरेन्ज किस्मतले गरेका छन्। गीतको म्यूजिक भिडियोको कथा र निर्देशन मौसम हिमालीले गरेका छन्। रोशनी कार्की, लोमश शर्मा र तेजस रेग्मीको अभिनयमा रहेको गीतको छायांकन दिपक गिरीले गरेका छन्।
हेर्नुहोस गीत :

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive