बुध, माघ २८, २०८२
Wed, February 11, 2026

पर्वतको ठूलीपोखरीबाट ७५ जना काँग्रेसमा प्रबेश, सभापति जोशीद्धारा नवप्रवेशीको स्वागत

फाल्गुन १४, २०७८
फागुन १४ पर्वत
पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन, टोल समिति गठन तथा महिला संघ गठन भएको छ । ठुलीपोखरीमा एमाले, माओबादी, राप्रपा लगायत पार्टीमा सक्रिय कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । एमालेका पूर्व वडा अध्यक्ष मोहदत्त सुबेदीको नेतृत्वमा ७५ जना कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशी, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफले लामिछाने, नेपाली काँग्रेस पर्वत ‘क’ का सभापति राजकुमार क्षेत्री,े, कुश्मा नगर सभापति किशोर भण्डारी लगायतले नवप्रबेशीलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
यस्तै पार्टीका गतिविधिलाई सक्रिय बनाउन भन्दै वडा पार्टी कार्यालय पनि उद्घाटन गरिएको वडा सभापति कुमार सुबेदीले जानकारी दिनुभयो । यसैगरि कुश्मा १२ ठुलीपोखरीमा राधिका कटुवालको अध्यक्षतामा महिला संघ गठन भएको छ । पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला सभापति यूवराज जोशीले नेपाली काँग्रेस ६१ वटै वडामा पुगेर संगठन बिस्तारको अभियान सम्पन्न गरेर अहिले पार्टीका गतिविधि बोकेर घरदैलोमा पुगेको बताउनुभयो । २०१७ सालमा बिपी कोईरालाको नेतृत्वमा नेपाली काँग्रेसले दुई तिहाई मत प्राप्त गरेको स्मरण गर्दै आगामी निर्वाचनमा काँग्रेसले तत्कालिन विरासत फर्काउने संकल्प राखेको बताउनुभयो ।
मोदीपारीको क्षेत्रलाई कम्यूनिष्टले लालकिल्ला भन्ने गरेको उल्लेख गर्दै जोशीले लाल बादशाहहरुले जनतालाई गुमराहमा राखेर बन्धक बनाएको भन्दै अब लालकिल्ला भत्काउन काँग्रेसले शक्ति संचय गरेको बताउनुभयो । ठूलीपोखरीमा वडाका सबै पदमा उठ्ने उम्मेदवारलाई आगामी स्थानीय तहको चुनावमा विजयी गराउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सीता काफ्ले लामिछानेले पार्टीका हरेक आन्दोलनमा काँग्रेसले नेतृत्वदायी भूमिका निभाउँदै आएको र अव फेरि पनि मुलुकको विकास र समृद्धिका लागि काँग्रेस सत्तामा पुग्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला उपसभापति डा. चुडामणी शर्मा र शिवप्रसाद सुबेदी, प्रदेश ‘क’ का सभापति राजकुमार क्षेत्री, कुश्मा नगर सभापति किशोर भण्डारी, नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रिय उपाध्यक्ष शिव शर्मा अधिकारी, महाधिबेशन प्रतिनिधी मुना शर्मा लामिछाने, कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्मा भारती, यूवा नेता राजु आचार्य, महिला संघ कुश्मा नगर सभापति संगीता लामिछाने अधिकारी, ठूलीपोखरीका पूर्व सभापति हेमराज सुबेदी, नवप्रवेशी तेज सुबेदी, लक्ष्मी सुबेदी लगायतले बोल्नुभएको थियो ।
वडा सभापति कुमार सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर सदस्य झलक शर्मा रिमालले गर्नुभएको थियो भने सञ्चालन वडा पार्टी सचिव विमल पौडेल रामले गर्नुभएको थियो । धन्यवाद मन्तव्य क्षेत्रीय प्रतिनिधी दामोदर पौडेलmे व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमका अवसरमा नगर सदस्य झलक शर्मा रिमाल मार्फत जनता सुदर्शन क्याम्पसलाई कम्यूटर, देबिस्थान प्राविलाई ल्पायटप गरेर एक लाख ९८ हजार रुपैयाँ बराबरका सामाग्री वितरण गरिएको थियो भने पार्टीलाई माईक हस्तान्तरण गरिएको थियो ।
जिल्ला सभापति यूवराज जोशीले लक्ष्मी सुबेदीका श्रीमान मृगौला पीडित भएको हुनाले १० हजार र मुर्तिकार राजु लामिछानेलाई १० हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गर्नुभएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive