फागुन १४, २०७८
पर्वत : नेकपा एमाले समर्थित यूवाहरुको संगठन राष्ट्रिय यूवा संघ नेपाल अन्तर्गत फलेवास नगरपालिकाको वडा नं.३ शंकरपोखरीको प्रथम अधिबेसन सम्पन्न भएको छ।
अधिबेसनबाट बिष्णुप्रसाद तिवारीको अध्यक्षतामा नयाँ वडा कमिटी निर्माण गरिएको हो। कमिटीको उपाध्यक्षमा ओम बहादुर बि.क, सचिवमा बिनोद रेग्मी, सहिसचिवमा जनक भुसाल र भरत सुनार तथा कोषाध्यक्षमा रुद्र अधिकारी चयन भएका छन्। अधिबेसनबाट कुल ३७ सदस्यीय कमिटी निर्माण गरिएको हो।
जगत लामिछानेको अध्यक्षतामा भएको अधिबेसनको प्रमुख अतिथि राष्ट्रिय यूवा संघ जिल्ला कमिटी सचिवालय सदस्य उदयराज भुसाल रहेका थिए। बिशिष्ट अतिथिहरुमा नेकपा एमाले जिल्ला कमिटिी सदस्य हिम प्रसाद अधिकारी, राष्ट्रिय यूवा संघ नेपाल फलेवास नगर कमिटीका संयोजक एवं एमाले फलेवास नगर कमिटीका सहसचिव आशिष श्रेष्ठ, नेकपा एमाले शंकरपोखरी वडा कमिटीका नारायण भुसाल, नेपाल खेलकुद महासंघ जिल्ला किमिटीका सचिव बिनोद कुमार सुनार, नेपाल शिक्षक संगठन फलेवास नगर किमटीका सचिव प्रदीप भुसाल लगायत रहेका थिए।
सो अवसरमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय यूवा संघ जिल्ला कमिटी सचिवालय सदस्य भुसालले यूवाहरुको ऐक्यबद्धता बिना देशको रुपान्तरण सम्भव नभएकाले समृद्धिका लागि यूवा शक्तिहरु एकै ठाउँमा उभिनुपर्ने बताए। विकास र समृद्धिसँगै चेतनाको स्तर समेत बढ्दै गएको अवस्थामा यूवाहरुले पनि सकरात्मक र सक्रिय राजनीतिको नेतृत्व गर्नु आवश्यक रहेको भन्दै उनले देशका ठूला परिवर्तमा यूवा शक्तिको पनि अतुलनीय भूमिका रहेको उल्लेख गरे।
यस्तै सोही भेलाबाट युथ फोर्स नेपाल वडा कमिटि संयोजक र सह संयोजकमा क्रमश दिनेश रिजाल र गोबिन्द भुसाल सर्वसंम्मत चयन भएका छन्।
यूवा संघ शंकरपोखरीको अध्यक्षमा तिवारी
