बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

शिक्षक संघ कुश्मा नगरपालिकाको अधिबेसन सम्पन्न

फागुन १५, २०७८
पर्वत : नेपाल शिक्षक कुश्मा नगर कार्यसमितिको दोस्रो अधिबेसन सम्पन्न भएको छ।
अधिबेसनबाट मिम शर्मा लामिछाने अध्यक्ष रहेको नयाँ कार्य समिति निर्माण भएको छ। सर्वसम्मत रुपमा भएका अधिबेसनबाट उपाध्यक्षमा जयराम सुवेदी, महिला उपाध्यक्षमा भोज कुमारी शर्मा, सचिवमा महेन्द्र कुमार जोशी, अर्थ सचिवमा प्रोमोद सुवेदी, सहसचिवमा इन्द्र प्रसाद अधिकारी, महिला सहसचिवमा कल्पना कुमारी शर्मा, अर्थ सहसचिवमा कमलादेवी पौडेल चयन भएका छन्।
यस्तै सदस्यहरुमा वडा नं. १ पाङबाट अमृत प्रसाद चापागाईँ, वडा नं. २ खुर्कोटबाट रामप्रसाद पौडेल, वडा नं.३ खुर्कोटबाट खेमराज पोख्रेल, वडा नं. ४ कुश्माबाट संजय रेग्मी, वडा नं. ६ कुश्माबाट हरिनारायण शर्मा, वडा नं. ८ चुवाबाट इन्द्र शर्मा भुसाल, वडा नं. ९ कटुवाचौपारीबाट मधु पौडेल, वडा नं. ११ बाट पकुवाबाट विनोद कुमार रिमाल र वडा नं. १२ ठूलीपोखरीबाट शिव बहादुर कुँवर चयन भएका छन्। बाँकी रहेका वडा नं. ५ र ७ कुश्मा तथा १३ खौला र १४ आर्थरबाट चयनको प्रक्रिया बाँकी रहेको निर्वाचन समितिका संयोजक गोविन्द प्रसाद पोखरेलले बताए।
खुल्ला सदस्यहरुमा केशव तिवारी, विन्दु कुमारी शर्मा, सावित्री सुवेदी, सीता कुमारी शर्मा र कविता कुमारी शर्मा चयन भएका छन्।
अधिबेसनको उदघाटनमा बोल्दै नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले मिलेनियम च्यालेन्ज कर्पोरेशनको बारेमा नबुझ्दा नागरिकमा भ्रम सिर्जना भएको बताउँदै त्यसको अध्ययन गरेरमात्रै बिरोध गर्न आह्वान गरे। चोकमा गरेको चिया गफकै भरमा अरुको लहैलहैमा लागेर यसको बिरोध गर्नुको सट्टा अध्ययन गरेर आवश्वक रचनात्मक सुझाव दिनुपर्ने उनको धारणा थियो।
विभिन्न देशबाट लिएका ऋण र लोनका कारण देश नै समस्यामा पर्दै गइरहेको प्रसंग कोट्याउँदै उनले एमसीसी पारित नभएमा अन्तराष्ट्रिय विश्वास नै गुम्ने खतरा रहेको बताए। नेपालको अस्थिर राजनीतिक अवस्थाका कारण कुनै पनि योजनाहरु समयमा नै सक्ने प्रचलन नरहेकाले अमेरिकाले आफ्नो परियोजनामा समयमै काम सक्नका केही बुँदाहरुमा कडाइ गरेको नेता जोशीको भनाई थियो।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive