बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वतको परादीमा कार दुर्घटनामा परी एक जनाको मृत्यु, चार जना घाइते

फाल्गुन १६, २०७८

फागुन १६, २०७८
पर्वत : पर्वतमा आइतबार राती भएको कार दुर्घटनामा परी एक जना चार वर्षिय वालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार जिल्लाको कुश्मा नगरपालिका–८ चुवा स्थित परादीमा राती करिब आठ बजेको समयमा दुर्घटना भएको थियो। बागलुङबाट पोखराका लागि छुटेको बा १० च ४३७२ नम्बरको निजी कार दुर्घटनामा पर्दा सोही कारमा सवार रहेका आरम्भ कोइरालाको मृत्यु भएको हो।
दुर्घटनामा परी स्याङ्जाको पुतली बजार नगरपालिका–१ की ७० वर्षिया लिलावती कोइराला, उनकी बुहारी ३३ वर्षिया सुशीला दवाडी, चालक ३९ वर्षिय अर्जुन कोइराला र आठ वर्षिया आरध्या कोइराला घाइते भएका छन्। उनीहरूको निधार, हात लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। सामान्य घाइते भएकी आरध्या भने अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्।
इन्स्पेक्टर अधिकारीका अनुसार दुर्घटनाको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट पुगेको प्रहरी टोलीले उनीहरूको उद्धार गरेको थियो। मृत्यु भएका आरम्भलाई गम्भीर अवस्थामा उद्धार गरिएको भए पनि उनको उपचारकै क्रममा निधन भएको हो। उनीहरू सबै जना एकै परिवारका सदस्यहरू रहेको पनि प्रहरीले बताएको छ।
कार सडकबाट झन्डै एक सय मिटर तल खसेको छ। दुर्घटना हुनुको कारणबारे अनुसन्धान भइरहेको छ। घटनास्थल हेर्दा अनियन्त्रित भई सडकबाट खसेको देखिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive