मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

पेट्रोलको मूल्य १५० रुपैयाँ पुग्यो, डिजलको र मट्टितेलमा पनि ५ रुपैयाँ नै बढ्यो

आजदेखि पेट्रोलियम पदार्थ थप महँगो भएको छ  । नेपाल आयल निगम (एनओसी)ले  गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५-५ रुपैयाँका दरले मूल्य बृद्धि गरेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल पनि प्रतिलिटर १३३ रुपैयाँ पुगेको निगमले विहीबार साँझ जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।
निगमले हवाई इन्धन र ग्यासमा भने मूल्य बृद्धि गरेको छैन । मूल्य बृद्धि पछि पनि निगमलाई पेट्रोलमा १६.२८, डिजेलमा ११.७८ रुपैयाँ प्रतिलिटर र ग्यासमा प्रति सिलिन्डर ६६५.३४ रुपैयाँ घाटा छ । मट्टितेलमा प्रतिलिटर १९.५१ रुपैयाँ र हवाई इन्धन आन्तरिकमा २३.०८ र अन्तर्राष्ट्रिय ६०.२६ रुपैयाँ प्रतिलिटर नाफा रहेको निगमले जानकारी दिएको छ ।

मूल्य बढ्दा पनि निगमलाई अझै १५ दिनमा २ अर्ब ५० करोड ३२ लाख रुपैयाँ घाटा छ । निगमका अनुसार भारतीय आयल निगमबाट पेट्रोलिय पदार्थको मूल्य बढेर आएकोले निगमले पनि घाटा कम गर्न मूल्य बढाएको उल्लेख छ । रसिया युक्रेन तनावका कारण पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेकै कारण नेपालमा पनि त्यसको असर देखिएको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive